बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगमको आन्तरिक उडानका सबै टिकट अब अनलाइनबाटै

शुक्रबार, माघ २० २०७९
निगमको आन्तरिक उडानका सबै टिकट अब अनलाइनबाटै

काठमाडौं- नेपाल वायु सेवा निमगले आन्तरिक उडानको टिकटलाई पूर्ण रुपमा अनलाइनमार्फत पाउने व्यवस्था गरेको छ। यात्रुको सहजताका लागि निमगले सुरुवाती चरणमा ई-सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।

यसैगरी निगमले अन्तर्राष्ट्रिय उडानका लागि भने निगमको वेबसाइटबाट मार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु  लिन सक्ने जनाएको छ।

त्यसैगरी, निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत गरेको जनाएको छ। 

आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने समेत जनाएको छ।

passenger.JPG


प्रकाशित : शुक्रबार, माघ २० २०७९०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend