बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अफ सिजनमा पर्यटक आगमन उत्साहजनक, जनवरीमा ५५ हजार पर्यटक नेपाल भित्रिए

बुधबार, माघ १८ २०७९
अफ सिजनमा पर्यटक आगमन उत्साहजनक, जनवरीमा ५५ हजार पर्यटक नेपाल भित्रिए

सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए। सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए। 

काठमाडौं- अफसिजनमै नेपाल आउने पर्यटकमा उत्साहजनक वृद्धि भएको छ। सन् २०२३ को पहिलो महिनामै जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकलाई खुला नगरिएकै अवस्थामा आगमन वृद्धि हुनु सकारात्मक भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

हवाई मार्ग हुँदै आउने सबैभन्दा धेरै पर्यटक भने भारतीय छन्। नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन्। सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए। सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए। 

सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थि। यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन्। सन् २०२० को मार्चपछि भने मुलुकले लकडाउनको सामना गर्नु परेको थियो।

 

 


प्रकाशित : बुधबार, माघ १८ २०७९११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend