बिहीबार , वैशाख १३ गते २०८१    
images
images

फेरि मोटरसाइकलमा सवार दुवैलाई हेल्मेट अनिवार्य!

images
images
images
फेरि मोटरसाइकलमा सवार दुवैलाई हेल्मेट अनिवार्य!
images
images

काठमाडौं- सरकारले मोटरसाइकलमा सवार  दुवै यात्रुलाई हेल्मेट अनिवार्य गर्ने गरी गृहकार्य थालेको छ। सोही विषयलाई लिएर अहिले छलफल सुरु भएको छ।

images
images
images

मोटरसाइकलमा सवार  दुवै यात्रुलाई हेल्मेट अनिवार्य गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल सुरु गरेको छ। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठसँगको छलफलमा सरोकारवालाहरुले मोटरसाइकलमा सवार  दुवै जना यात्रुले हेल्मेट अनिवार्य गर्न सुझाव दिएका छन्।

images

मन्त्री श्रेष्ठलाई यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुईपांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका हुन्। मंगलबार मन्त्रालयको छलफलमा ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी, रोड सेफ्टी अलायन्सका प्रतिनिधिहरुले सुरक्षा सावधानीका लागि यस्तो व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

images

तर यो व्यवस्था पहिले पनि लागु गरिएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरुलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता गरेका हुन्। 

images
images

images

प्रकाशित : मंगलबार, माघ १७ २०७९०३:४५

प्रतिक्रिया दिनुहोस