बिहीबार , वैशाख १३ गते २०८१    
images
images

सिनामंगलमा रहेको बाजेको सेकुवालाई कारबाही, १ लाख रुपैयाँ जरिवाना

images
images
images
सिनामंगलमा रहेको बाजेको सेकुवालाई कारबाही, १ लाख रुपैयाँ जरिवाना
images
images

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनामंगलमा रहेको बाजेको सेकुवा र तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याङ्क्वेट एन्ड रेस्टुराँलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराएको छ। विभागले बजार अनुगमनका क्रममा व्यवसाय दर्ता नै नगरी रेस्टुराँ सञ्चालन गरेको भन्दै जरिवाना तिराएको हो।

images
images
images

बाजेको सेकुवा र रोयल लाउञ्च ब्याङ्क्वेटले कम्पनी रजिस्टार र भ्याटमा दर्ता भएपनि व्यवसाय दर्ता नगरेको फेला परेको थियो। बजार अनुगमनका क्रममा उक्त दुई रेष्टुराँले व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाहीस्वरुप एक/एक लाख नगद जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए।

images

विभागले अहिले मेनुमाथिको सर्भिस चार्ज र भ्याटबारेमा पनि अनुगमन गरिरहेको छ।

images

माघ ११ गते सर्वोच्च अदालतले होटल तथा रेस्टुराँहरूमा सेवा शुल्क लिन नपाउने फैसला गरेको छ। यो कार्यान्वयन भए/नभएका सम्बन्धमा वाणिज्यले बजार अनुगमन गर्न थालेको हो।

images
images

अनुगमनका क्रममा केही होटलले सर्भिस चार्ज र भ्याट लिएको पाइएको थियो। पहिलो चरणमा थप सर्भिस चार्ज लिन नपाउने व्यवस्थाका बारेमा मात्रै जानकारी गराइएको विभागले जनाएको छ।

images

प्रकाशित : सोमबार, माघ १६ २०७९१२:५८

प्रतिक्रिया दिनुहोस