शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

६ महिनामा चामलको उपभोक्ता मूल्य ४० प्रतिशतसम्म वृद्धि 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १७ २०७९
images
६ महिनामा चामलको उपभोक्ता मूल्य ४० प्रतिशतसम्म वृद्धि 

साउनमा ८५ रुपैयाँ प्रतिकिलो पाइने चामलको उपभोक्ता मूल्य माघमा आएर ११७ रुपैयाँसम्म पुगेको छ। गएको सात महिनामा यो मूल्यवृद्धि ३७ प्रतिशतभन्दा धेरै हो। 

images
images

काठमाडौं- पछिल्लो ६ महिनामा चामलको मूल्यमा ४० प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भएको छ। 

images
images
images

गत वर्ष चामलको मूल्यमा खासै वृद्धि नभए पनि चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै चामलको मूल्यमा निरन्तर वृद्धि भइरहेको व्यवसायीहरूले बताएका छन्। 

images
images

खुद्रा पसले तथा व्यवसायीहरूका अनुसार पछिल्लो ६ महिनामा चामलको मूल्य ४५ प्रतिशतसम्म वृद्धि भएको छ। मूल्यवृद्धि भने चामलको प्रकृति हेरेर छ। कुनै चामलको मूल्यवृद्धि न्यून छ, कुनैको धेरै रहेको छ। 

images
images

सोना चामल तथा जिरा मसिनो चामल बजारमा धेरै प्रचलित रहेको छ। केही स्थानीय चामलको मूल्यमा पनि फरक हुन्छ। तर स्थानीय चामलकै पनि मूल्यवृद्धि भएको छ। 

साउनमा ८५ रुपैयाँ प्रतिकिलो पाइने चामलको उपभोक्ता मूल्य माघमा आएर ११७ रुपैयाँसम्म पुगेको छ। गएको सात महिनामा यो मूल्यवृद्धि ३७ प्रतिशतभन्दा धेरै हो। 

चामलको मूल्यमा वृद्धि हुनुको मुख्य कारण भनेको भारतले लगाएको कर हो। पछिल्लो समय भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाइदिएको थियो। यसरी कर लगाउँदा स्वभाविक रुपमा २० प्रतिशत मूल्यवृद्धि हुनुपर्ने हो। 

भन्सार बिन्दुको मूल्यमा पनि पछिल्लो छ महिनामा चामलको आयात मूल्यमा २० प्रतिशतले नै वृद्धि भएको छ। पहिलो कुरा त आयातित चामल महंगो हुँदा स्थानीय चामल पनि महंगिन्छ र दोस्रो कुरा चामलको आयातमा सीमित व्यवसायीको नियन्त्रण भएकाले चामलको मूल्य बढेको हुनसक्ने व्यवसायीहरू बताउँछन्। 

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाए पनि उपभोक्ता मूल्य भने ४० प्रतिशतसम्म वृद्धि भएको छ। 

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी मानन्धरले चामलको उपभोक्ता मूल्यमा वृद्धि भएको तर यसको कारण र जानकारी आयातकर्ताहरूलाई नै थाहा हुने बताउँछन्। 

'हामीले त बिक्री गर्ने हो। हाम्रो नाफा बढ्ने होइन हिजोदेखि जसरी चलेको थियो उसैगरि चल्छ' उनले भने।

भारतले कर लगाएको कारण देखाएपनि चामलको आयात गर्ने सीमित व्यवसायीको चलखेलले मूल्यवृद्धि भएको धेरै व्यवासायीको भनाइ रहेको छ। बजार अनुगमन गर्ने सरकारी निकायले खुद्रा पसलमात्र चहार्ने तर खास मूल्यवृद्धि हुने ठाउँमा केही पनि नगर्ने उनीहरूको गुनासो छ। 


प्रकाशित : मंगलबार, माघ १७ २०७९०३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend