बुधबार, वैशाख १२ गते २०८१    
images
images

दुई महिनामा ६८८ अंकको गिरावट, सेयर बजारमा बुलिस ट्रेण्ड सकिएको संकेत

images
images
images
दुई महिनामा ६८८ अंकको गिरावट, सेयर बजारमा बुलिस ट्रेण्ड सकिएको संकेत

सेयर बजार बढ्ने भन्दा घट्ने दर धेरै छ। लगातार ओरालो लागिरहेको सेयर बजारमा दुई महिनाको अवधिमा मात्रै ६८८ अंकले तल झरिरहेको छ। 

images
images

काठमाडौं- गत भदौ २ गते हालसम्मकै उच्च बिन्दु ३१९९ अंकमा पुगेको फर्किएको सेयर बजार अहिले माथि उठ्न सकेको छैन। दसैँअघि देखि घटिरहेको बजार कात्तिक २ गते मंगलबारसम्म आइपुग्दा दुुई महिनाको अवधिमा ६८८ अंकको गिरावट आएको छ। 

images
images
images

सेयर बजार बढ्ने भन्दा घट्ने दर धेरै छ। लगातार ओरालो लागिरहेको सेयर बजारमा दुई महिनाको अवधिमा मात्रै ६८८ अंकले तल झरिरहेको छ। 

images

प्राविधिक विश्लेषकहरूले इन्टरमिडियट करेक्सन भनेता पनि बजार सुधार हुने आधारहरू अझै बनिसकेको छैन। अर्बौं रुपैयाँको पोर्टफोलियो बनाउनेहरू अहिले करोडमा सीमित हुँदै गइरहेका छन्।

images

दुई महिनामै ६८८ अंकको गिरावट आइसकेपछि अब प्राविधिक रुपमै अहिलेको बुल सकिएको विश्लेषण हुन थालेको छ। दसैँपछि खुलेको सेयर बजार  घट्ने क्रम मंगलबार पनि रोकिएन। आइतबार केही वाणिज्य बैंकहरूले ब्याजदर घटाएको सूचना सार्वजनिक गरेपछि पहिलो दिन ११ अङ्कले नेप्से परिसूचक बढेको थियो। 

images
images

मंगलबार नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा आइपुगेको छ। मंगलबार ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ७ कम्पनीको सेयर बढ्दा १७८ कम्पनीको सेयर भने घटेको छ। 

सोमबार बजार घटेर २५८७.४५ बिन्दुमा झरेको थियो। आइतबारको तुलनामा ६९.५१ बिन्दुले घटेको थियो। 

सेयर विश्लेषक विष्णु बस्यालको विचारमा तरलताको अभाव रहेसम्म र मार्जिन ल्यान्डिङको विषय समाधान नभएसम्म बजार सकारात्मक तर्फ जाने नदेखिएको बताउँछन्। ‘मौद्रिक नीतिले ४ करोड र  १२ करोडको बार लगाएको छ, यो सच्चिनु जरुरी छ,’ बस्यालले भने।

कात्तिक लागेसँगै बजारले विस्तारै गति लिँदै अघि बढ्ने अनुमान धेरैको थियो। नेपाल राष्ट्र बैंकले दसैँअघि नै बैंकहरूलाई ब्याजदर बढाउन नदिने विभिन्न उपायाहरू अपनाएको थियो। ब्याजदर बढ्न नदिने खालका केही निर्देशनहरू पनि दिएको थियो। तर त्यसो हुन सकेन। कात्तिक १ देखि लागू हुनेगरि सबै वित्तीय संस्थाले सार्वजनिक ब्याजदरअनुसार धेरैले बढाउन सुरु गरेका छन्। उनीहरूले अहिले निक्षेपमै ११ प्रतिशतभन्दा बढी ब्याजदर राखेका छन्। 

बैंकको ब्याजदरको सोझै प्रभाव सेयर बजारमा परेको छ। सेयर बजारमा छोटो समयमै ठूलो करेक्सन आइसकेको छ। सबल वित्तीय सूचक भएका कम्पनीहरूको भाउ तुलनात्मकरुपमा निकै सस्तो भयो। जसले गर्दा लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको थियो।  

बैंकहरूको मार्जीन कलले तनावमा रहेका लगानीकर्ता बजार अलिकति सुधार हुने वित्तिकै बिक्री गरेर बाहिरिन खोजिरहेका छन्। दुई वर्षको अवधिमा राम्रो कमाएका लगानीकर्ता बढेको मौका छोपेर बिक्री गर्न खोजिरहेका छन् भने केही ठूला लगानीकर्ताहरू बजार अझै तल झर्ने आँकलन सहित पर्ख र हेरको अवस्थामा छन्। बजार अहिले नै सुधार हुन थाल्यो भने नटिक्ने आँकलन सहित उनीहरूले सेयर खरिद गरिरहेका छैनन्। 

बजार विश्लेषक बस्यालले नेप्से सूचक २४५० को टेकोमा रहने अनुमान गर्छन। तर बजार बढ्ने आधार भने नरहेको बताउँछन। यदि बजार २५ सय बाट पनि तल झर्यो भने अर्को सपोर्ट बिन्दु २३७० रहेको हुँदा अबको केही समय २५ सयदेखि २४५० सम्म तल झरेर फर्किने उनको आँकलन छ। 

प्राविधिक तथा सैद्धान्तिक विश्लेषकहरूले सेयर बजार २६ सय अंकभन्दा तल नझर्ने आँकलन नगर्ने बताए पनि अवधिमै ६७८ अंकको पहिरो गइसकेको छ। यस अवधिमा न त प्राविधिक विश्लेषणले काम गरेको छ न त सैद्धान्तिक विश्लेषण। बजार बढ्दा सेयरको सामान्य जानकारी नभएकाहरूले पैसाको बलमा करोडौँ रुपैयाँ कमाइ गरे। अहिले तिनै लगानीकर्ताले दिन दिनै गुमाइ रहेका छन्। 

अर्कोतर्फ प्राविधिक विश्लेषणका आधारमा लगानी गर्नेहरू धेरै हुन्छन्। बजार घट्दो क्रममा रहँदा उक्त विश्लेषणले पनि घट्ने आँकलन गर्छ बजार अधिकतम उचाहीमा रहेको समया पनि बजार अझै माथि पुग्ने आँकलन गर्छ। त्यसैले प्राविधिक विश्लेषणमा मात्रै आधारित भएर कारोबार गर्दा फस्ने सम्भावना उत्तिकै रहन्छ।

सेयर बजारको बुलिस ट्रेण्ड सकिएर वियरिस ट्रेण्डमा प्रवेश गरेकै हो?

गत भदौ २ गतेको अधिकतम बिन्दुको आधारमा अहिलेसम्ममा ६८८ अंकले तल झरेको छ। करेक्सनभन्दा भन्दै बजार वियरिस ट्रेण्डमा अगाडि बढेको कुरा अधिकास लगानीकर्ताले सामान्य भेउ पनि पाएनन्। 

यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। २०६४ सालमा देश १० वर्षे जनयुद्ध र जनयुद्धकका क्रममा माओवादीहरूले लुटेको पैसा बजारमा आउँदा बैंकिङ तरलता बढ्यो। यस अवधिमा संविधान सभाको निर्वाचन भयो। निर्वाचनका क्रममा नेताहरूले चुनावका लागि ठूलो रकम खर्चिए।

जसले गर्दा बैंकिङ तरलता बढ्न गइ ब्याजदर घट्यो। साथै बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।

त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्‍यो। भूकम्पपछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गई ब्याजदर पनि धेरै तल झर्‍यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो।

यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्‍यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्‍यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनस सेयर वितरण भएन।

बजार विश्लेषकहरूका अनुसार यस पटक सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेका थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउँदा बजार नसोचिएको हिसाबले सुधार भयो।

images

प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस