शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

२०२२ मा उत्पादन भएको विद्युतीय सवारीको ब्याट्रीका आधारमा यस्तो छ २०२७ सम्म हुने उत्पादन प्रोजेक्सन

images
आइतबार, माघ १५ २०७९
images
२०२२ मा उत्पादन भएको विद्युतीय सवारीको ब्याट्रीका आधारमा यस्तो छ २०२७ सम्म हुने उत्पादन प्रोजेक्सन

विश्वभर लिथियम आयन ब्याट्रीको उत्पादन क्षमता २०२७ सम्म २०२२ को तुलनामा ८ गुणा बढ्ने अनुमान गरिएको छ। १० ठूला ब्याट्री उत्पादक कम्पनीहरु मध्ये ६ वटाको केन्द्रीय कार्यालय चीनमा रहेको छ। 

images
images

काठमाडौं- विश्व आईसी (इन्धनबाट चल्ने सवारी) इन्जिनयुक्त सवारीको विकल्प स्वीकार गरेर अघि बढिसकेको छ। वर्तमान अवस्थामा आईसी इन्जिनको विकल्प ब्याट्रीबाट चल्ने विद्युृतीय सवारी नै देखिएको छ। आईसीई सवारीले प्रदूषण धेरै गर्ने भएकाले पृथ्वीमा तापमान बढेको निष्कर्षसहित विश्वले शून्य प्रदूषण सवारीलाई विकल्पका रुपमा स्वीकार गरिसकेको छ। 

images
images
images

हाललाई आईसीई इन्जिनको विकल्पमा ब्याट्रीमा आधारित विद्युतीय सवारी नै देखिएको छ। त्यसैले विश्वभरका आईसी इन्जिनमा आधारित सवारी उत्पादहरू पनि विद्युतीय सवारी उत्पादनमा अर्बौं डलर लगानी गरिरहेको छन्। त्यस्तै कयौं स्टार्टअप विद्युतीय सवारी उत्पादकहरुले उत्पादन बजारमा ल्याइसकेको र ल्याउने क्रममा छन्। 

images
images

टेस्ला, लुसिड, रिभियन, होजोनलगायत सयौं ईभी स्टार्टअप उदाएका छन् भने कयौँले ठूलो लगानी गरिरहेका छन्। विद्युतीय सवारीको ‘ब्याक बोन’को रुपमा ब्याट्रीलाई लिइन्छ। विद्युतीय सवारीको उत्पादन लागतमा ब्याट्रीको हिस्सा ४० देखि ६० प्रतिशतसम्म रहेको छ। त्यसैले विद्युतीय सवारीमय अबको समयमा ब्याट्री उत्पादकहरू शक्तिशाली हुने छन्। 

images
images

विश्वभर लिथियम आयन ब्याट्रीको उत्पादन क्षमता २०२७ सम्म २०२२ को तुलनामा ८ गुणा बढ्ने अनुमान गरिएको छ। १० ठूला ब्याट्री उत्पादक कम्पनीहरु मध्ये ६ वटाको केन्द्रीय कार्यालय चीनमा रहेको छ। 

ब्लुम्बर्गएनईएफले लिथियम आयन सप्लाइ चेन र्‍याङकिङका आधारमा भिजुअल क्यापिटालिस्टले गरेको प्रक्षेपणअनुुसार २०२७ सम्म पुग्दा पनि विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा चीनकै दबदबा रहने छ। 

२०२२ मा चीनले ९ सय गिगावट आवर ब्याट्री उत्पादन गरेको थियो जुन संसारभर उत्पादन भएको कुलल ब्याट्रीको ७७ प्रतिशत हो। १० ठूला ब्याट्री उत्पादकमध्ये ६ वटा मुख्यालय चीनमै छ। २०२१ मा विश्वभर बिक्री भएको ब्याट्री मध्ये चिनियाँको हिस्सा ५२ प्रतिशत थियो। 

२०२२ मा कुन देशले कति ब्याट्री सेल उत्पादन गरे

१. चीन- ८९३ गिगावाट आवर (७७ प्रतिशत)

२. पोल्यान्ड- ७३ गिगावाट आवर (६ प्रतिशत)

३. अमेरिका- ७० गिगावाट आवर (६ प्रतिशत)

४. हंगेरी- ३८ गिगावाट आवर (३ प्रतिशत)

५. जर्मनी- ३१ गिगावाट आवर (३ प्रतिशत)

६. स्वीडेन- १६ गिगावाट आवर (१ प्रतिशत)

७. दक्षिण कोरिया- १५ गिगावाट आवर (१ प्रतिशत)

८. जापान- १२ गिगावाट आवर (१ प्रतिशत)

९. फ्रान्स- ६ गिगावाट आवर (१ प्रतिशत)

१०. भारत- ३ गिगावाट आवर (०.२ प्रतिशत)

अन्य- ७ गिगावाट आवर (१ प्रतिशत)

२०२७ मा पुग्दा पनि विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री उत्पादनमा चीनकै एकाधिकार कायम रहनेछ। २०२७ मा चीनले ६ हजार १ सय ९७ गिगावाट आवर ब्याट्री उत्पादन गर्ने छ। जसमा चीनको विश्व बजार हिस्सामा ६९ प्रतिशत ओगट्ने छ। 

यस्तो छ २०२७ मा धेरै ब्याट्री उत्पादन गर्ने देशको अनुमानित तथ्यांक

१. चीन- ६१९७ गिगावाट आवर (६९ प्रतिशत)

२. अमेरिका- ९०८ गिगावाट आवर (१० प्रतिशत)

३. जर्मनी- ५०३ गिगावाट आवर (६ प्रतिशत)

४. हंगेरी- १९४ गिगावाट आवर (२ प्रतिशत)

५. स्वीडेन- १३५ गिगावाट आवर (२ प्रतिशत)

६. पोल्यान्ड- ११२ गिगावाट आवर (१ प्रतिशत)

७. क्यानडा- १०६ गिगावाट आवर (१ प्रतिशत)

८. स्पेन- ९८ गिगावाट आवर (१ प्रतिशत)

९. फ्रान्स- ८९ गिगावाट आवर (१ प्रतिशत)

१०. मेक्सिको- ८० गिगावाट आवर (१ प्रतिशत)

अन्य- ५२३ गिगावाट आवर (६ प्रतिशत)

विद्युतीय सवारीको ब्याट्री उत्पादनमा चीनको दबदबा हत्तपत्त कम हुने देखिँदैन। चीनले ब्याट्री उत्पादनमा सबैभन्दा धेरै लगानी गरेको छ।

चीनको दबदबाले नै ब्याट्रीको मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने छ। अमेरिका र युरोपले २०३० सम्म आफ्नो माग धान्नलाई ब्याट्री उत्पादनमा क्रमशः ८७ अर्ब र १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने छन्। 


प्रकाशित : आइतबार, माघ १५ २०७९०३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend