बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कर्जा नोक्सानी बढेपछि बैंकहरूको साढे १४ अर्ब प्रोभिजन, कुन बैंकको कति?

बिहीबार , माघ १२ २०७९
कर्जा नोक्सानी बढेपछि बैंकहरूको साढे १४ अर्ब प्रोभिजन, कुन बैंकको कति?

काठमाडौं- वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीमा साढे १४ अर्ब रुपैयाँ प्रोभिजन (जोखिम व्यवस्था) गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १४ अर्ब ५७ करोड रुपैयाँ प्रोभिजन गरेका हुन्।

ऋणीले तोकिएको समयमा सावाँ ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नुपर्ने हुन्छ। सोही प्रक्रिया अन्र्तगत बैंकहरूले कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकेको कर्जा नोक्सानीबापत प्रोभिजन गर्नुपर्ने हुन्छ। जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ। १ महिनादेखि ३ महिनासम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।

३ महिनादेखि ६ महिनासम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्दछ। ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि सावाँ ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ।

साथै, १ वर्षभन्दा माथि सावाँ ब्याज भुक्तानी नभएमा सोमा शतप्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नुपर्ने व्यवस्था गरिएको छ।

पुस मसान्तसम्म कुन बैंकको कति प्रोभिजन?

कृषि विकास बैंक : २ अर्ब १७ करोड रुपैयाँ 

नबिल बैंक :१ अर्ब ८८ करोड 

कुमारी बैंक : १ अर्ब ४३ करोड 

हिमालयन बैंकः १ अर्ब ४९ करोड 

ग्लोबल आईएमई बैंकः १ अर्ब १२ करोड

सिद्धार्थ बैंकः १ अर्ब १९ करोड 

सनराइज बैंकः १ अर्ब ६ करोड 

स्ट्यान्डर्ड चार्टर्ड बैंकः १६ करोड २७ लाख 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend