शनिबार, असोज १३ गते २०८०    

शीतभण्डारमै कुहियो सुन्तला, भण्डारणले गर्दा नोक्सानीमा स्याङ्जाका उत्पादक

images
बिजनेस न्युज
शीतभण्डारमै कुहियो सुन्तला, भण्डारणले गर्दा नोक्सानीमा  स्याङ्जाका उत्पादक

बर्सेनी एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनको भनाइ छ।

images

वालिङ- स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन्।स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।

images

किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए।तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन्।पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गरेका थिए।  केही दिन अघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए। सुन्तला बिक्री गर्ने  उनको तयारी छ। अहिले बोटबाटै प्रतिकिलो  ८५ देखि  ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।'कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ' उनले भने। 

images

बर्सेनी एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनको भनाइ छ।

images

यसको सही व्यवस्थापन हुन नसकेमा आगामी दिनमा किसानले यहाँ सुन्तला, आलुलगायतका कृषिउपज भण्डारण नगर्ने र राज्यको ठूलो लगानी खेर जानसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने उनको जोड छ ।

images

किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ।गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कति कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए। 

'भण्डारण गरिएकामध्ये १० देखि १५ प्रतिशतसम्म सुन्तलामा खराबी देखिन सक्ने भएकाले सचेत थियौँ' उनले भने, 'अनुमानभन्दा औसतमा बढी सुन्तला खराब भएको पाइयो।'

स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ।जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो।भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए। 

हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ।सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ। रासस

images

प्रकाशित : बिहीबार , माघ १२ २०७९११:००
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ