शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

धान चामलको आयात घट्यो, मकैको बढ्यो 

छ महिनामा ३४ प्रतिशत घट्यो  खाद्यन्नको आयात 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
images
धान चामलको आयात घट्यो, मकैको बढ्यो 

गत वर्षको छ महिनामा २७ अर्बको धान चामल आयात भएको थियो। जुन यो वर्षको छ महिनामा १८ अर्ब रुपैयाँको आयात भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा खाद्यन्नको आयात घटेको छ। 

images
images
images

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म विदेशबाट आयात हुने खाद्यन्न गत वर्षको तुलनामा घटेको छ। 

images
images

विभाग अनुसार यो वर्ष २७ अर्ब ९१ करोड रुपैयाँको खाद्यन्न आयात भएको छ। गत वर्षको यही अवधिमा ४२ अर्ब ७२ करोड रुपैयाँको खाद्यन्न आयात भएको थियो। 

images
images

यो वर्ष सबैभन्दा धेरै धान चामलको आयात घटेको छ। गत वर्षको तुलनामा सबैभन्दा धेरै धान चामलको आयात घटेको छ। अर्थात् गत वर्षको तुलनामा यो वर्ष ९ अर्ब न्यून आयात भएको छ। 

गत वर्षको छ महिनामा २७ अर्बको धान चामल आयात भएको थियो। जुन यो वर्षको छ महिनामा १८ अर्ब रुपैयाँको आयात भएको छ। 

धानसँगै गहुँको आयात पनि यो वर्ष घटेको छ। गहुँ तथा जौँको आयात गत वर्षको तुलनामा यो वर्ष घटेको छ। 

तर यो वर्ष मकैको आयात भने बढेको छ। गत वर्षको तुलनामा यो वर्ष मकैको आयात परिमाणमै उच्च वृद्धि भएको छ। गत वर्ष २० करोड किलो मकै आयात भएकोमा यो वर्ष ३२ करवड किलो आयात भएको छ। त्यस्तै गत वर्ष ८ अर्बको आयात भएकोमा यो वर्ष १० अर्बको आयात भएको छ। 

 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend