शनिबार, वैशाख ८ गते २०८१    
images
images

निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल

images
images
निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल
images
images

इटहरी- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन्।

images
images
images

इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला/नगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गरे।

images

'म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुदैछु। म यहाँहरुसँग के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने तपाईहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ। म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु। जिल्ला/नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,' ढकालले भने।

images

images

प्रकाशित : बुधबार, माघ ११ २०७९१२:४२

प्रतिक्रिया दिनुहोस