शनिबार, साउन १२ गते २०८१    
images
images
images

अटोमोबाइल क्षेत्रको समस्या समाधनका लागि पहल गर्छु : अर्थमन्त्री पौडेल

images
मंगलबार, माघ १० २०७९
images
images
अटोमोबाइल क्षेत्रको समस्या समाधनका लागि पहल गर्छु : अर्थमन्त्री पौडेल

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरेपछि उपप्रधानमन्त्रीले त्यस्तो प्रतिक्रिया आएको हो। 

images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेको छ। सोमबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक  प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको हो। 

images
images

सो छलफलको क्रममा उपप्रधानमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेट सम्बन्धी  छलफलमा नाडालाई बोलाई त्यसबारे उपयुक्त निर्णय गर्ने बताएका छन्। अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरेपछि उपप्रधानमन्त्रीले त्यस्तो प्रतिक्रिया आएको हो। 

images

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको। त्यसैगरी सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जिप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध पनि केही समयअघि फुकुवा गरेकाले धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए। 

त्यसैगरी सो भेटघाटमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै छ, अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारीसमेत गुमाइरहेको मात्र छैन नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिब ३००० सवारी साधनहरुको भन्सार जाँचपाससमेत हुन नसकेको अवस्था छ।  यस्तो जटिल स्थितिको समुचित समाधानका लागि अर्थमन्त्रीलाई नाडाले आग्रह गरेको छ। 

images

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ उद्योग जस्तैै अटोमोबाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे।

महासचिव उपे्रतिले काठमाडौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे। छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भीर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भईरहेको जानकारी दिए। उक्त भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत र सोहन श्रेष्ठसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, माघ १० २०७९०८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend