बिहीबार , वैशाख १३ गते २०८१    
images
images

६ महिनामा भित्रियो झण्डै दुई करोड वटा कन्डम, बाहिरियो १० करोड १२ लाख रुपैयाँ

images
images
images
६ महिनामा भित्रियो झण्डै दुई करोड वटा कन्डम, बाहिरियो १० करोड १२ लाख रुपैयाँ
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुस मसान्तसम्ममा नेपालले झण्डै २ करोड वटा कन्डम आयात गरेको छ।

images
images
images

भन्सार विभागका अनुसार ६ महिनामा १ करोड ९१ लाख ७९ हजार ८ सय ७० वटा कन्डम विश्वका पाँच देशबाट नेपाल भित्रिएको छ।

images

जसमा सबैभन्दा बढी भारतबाट मात्रै १ करोड ८५ लाख ३३ हजार ९ सय १५ वटा कन्डम आयात भएको छ।

images

दोस्रो बढी आयात दक्षिण कोरियाबाट ४ लाख २३ हजार ३ सय ६ वटा र तेस्रो बढी थाइल्याण्डबाट १ लाख २० हजार ९ सय ७० वटा कन्डम नेपाल भित्रिएको छ।

images
images

यसैगरी चीनबाट १ लाख १ हजार ५ सय ६१ वटा र अमेरिकाबाट ६४ वटा कन्डम आयात भएको छ।

यसरी आयात भएको कन्डममा नेपालबाट १० करोड १२ लाख ३१ हजार रुपैयाँ बाहिरिएको छ। कन्डम आयातबाट राज्यले कुनै पनि राजस्व भने पाउने छैन। कन्डम आयातमा सबै प्रकार कर शून्य रहेको छ।

images

प्रकाशित : मंगलबार, माघ १० २०७९०७:५१

प्रतिक्रिया दिनुहोस