शुक्रबार, चैत १६ गते २०८०    
images
images

६ महिनामा १७ सय ४९ विद्युतीय कार भित्रिए

images
images
६ महिनामा १७ सय ४९ विद्युतीय कार भित्रिए

भारतबाट १२ सय ८० वटा, चीनबाट २ सय ४१ वटा, कोरियाबाट २ सय २१ वटा, अमेरिकाबाट ४ वटा र इन्डोनेसियाबाट ३ विद्युतीय कार आयात भएको हो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १७ सय ५३ वटा विद्युतीय कार आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा १७ सय ५३ वटा विद्युतीय कार आयात भएको हो।

images
images
images

६ महिनाको अवधिमा ४ अर्ब ९१ करोड ५९ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरका १७ सय ४९ वटा विद्युतीय कार आयात भएको हो। आयात भएका सो संख्या मध्ये सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमताका विद्युतीय कार छन्। 

images

विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएकाले आयात क्रमिक रुपमा बढ्दै गएको छ। १७ सय ४९ वटा विद्युतीय कार आयात हुँदा राज्यले १ अर्ब ३७ करोड ४९ लाख ७३ हजार कर पाएको छ। 

images
images

६ महिनामा भारतबाट सबैभन्दा धेरै विद्युतीय कार आयात भएको तथ्यांक छ। सो अवधिमा भारतबाट १२ सय ८० वटा, चीनबाट २ सय ४१ वटा, कोरियाबाट २ सय २१ वटा, अमेरिकाबाट ४ वटा र इन्डोनेसियाबाट ३ विद्युतीय कार आयात भएको हो। 

त्यस्तै आयात भएका सबैभन्दा धेरै १ सय किलोवासम्म मोटर क्षमता भएका विद्युतीय कार हुन्। १ सय किलोवाट क्षमतासम्म मोटर भएका १७ सय ८ वटा विद्युतीय कार आएका हुन्। १ सयदेखि २ सय किलोवाटसम्म ३५ वटा र २ सय किलोवाटभन्दा माथिका ६ वटा विद्युतीय छन्। 

१ सय किलोवाटसम्मका विद्युतीय कार भारत, चीन, इन्डोनेसिया र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ। भारतबाट टाटा नेक्सन ईभी र टियोर ईभी आयात भइरहेको छ भने चीनबाट निटा भीलगायत ब्रान्डका विद्युतीय कार आयात भइरहेको छ। त्यस्तै कोरियाबाट हुन्डाईको कोना ईभी र आयोनिक फाइभ विद्युतीय कार आयात हुँदै आएको छ। त्यस्तै कोरियाबाट कियाको निरो ईभी विगतमा आयात भएको र अब १ सय किलोवाट मोटर क्षमतामा आयात हुने क्रममा रहेको छ।

विद्युतीय कारको माग बढ्दै भएको र १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा करको दर कम भएकाले विभिन्न कम्पनीहरुले सोही क्षमताका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्। हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइ रहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्। 

images

प्रकाशित : सोमबार, माघ ९ २०७९१२:१०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ