बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै बैंकको बढ्यो खराब कर्जा, ११२ प्रतिशतले बढ्दा कुनकाे कति?

सोमबार, माघ ९ २०७९
राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै बैंकको बढ्यो खराब कर्जा, ११२ प्रतिशतले बढ्दा कुनकाे कति?

काठमाडौं- ऋणकर्ताको ब्याज र किस्तासँगै कर्जा नवीकरण हुन छाडेपछि खराब कर्जा बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरणअनुसार खराब कर्जा ११२.३१ प्रतिशतले वृद्धि भएको छ। 

२० वाणिज्य बैंकमध्ये १९ वटा बैंकको खराब कर्जा बढेको छ। चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन्। 

असर नाफामा पनि परेको छ। २० वाणिज्य बैंकको नाफा गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षको अवधिमा भन्दा १२.४५ प्रतिशतले बढेर ३० अर्ब ६ करोड रूपैयाँ पुगेको छ।

खराब कर्जा बढ्दा बैंकहरूले यसका लागि राखिने जोखिम प्रावधान बढ्छ र नाफामा असर पर्छ। यस्तो कर्जा पाँच प्रतिशत पुगेमा राष्ट्र बैंकले नै व्यवस्थापन सम्हालेर सुधारसमेत गर्ने गरेको छ। कृषि विकास बैंकको यो अनुपात सबैभन्दा धेरै देखिएको छ। 

चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका २० वाणिज्य बैंकमध्ये १९ वटा बैंकको खराब कर्जा बढेको पाइएको छ। चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन्।

पछिल्लो एकवर्षको अवधिमा कर्जा लगानी २ खर्ब ४२ अर्बले बढेको छ। निक्षेप संकलन ५ खर्ब १७ अर्बले बढेर ५३ खर्ब ५८ अर्ब पुगेको छ। पछिल्लो समय १ वर्षमा कर्जा विस्तार ५.२८ मा सिमित हुँदा बैंक वित्तीय संस्थाको निक्षेप १०.६७ प्रतिशतले बढेको छ।

खराब कर्जा बढ्दै गएर जोखिम समेत बढेन अनुमान बैंकर्सहरुले समेत गरेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैंकहरुलाई दबाब आउन थालेको बताए।

गत शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकहरुबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै दबाब समूह बनाएर दबाब दिने प्रवृत्ति बढेको बताएका थिए।  सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत खराब कर्जा बढेको संकेत गर्र्दै कर्जा लैजाने र तिर्दिन भन्ने प्रवृति बढेको बताएका थिए। 

कुनको कति?

गत आवको पुस मसान्तसम्म बैंकहरुको खराब कर्जा औषतमा १.०५ प्रतिशत बिन्दुमा रहेको थियो। चालु आवको सोही अवधिमा ११२.३१ प्रतिशतले बढेर औषतमा २.२४ प्रतिशतले बिन्दुमा रहेको छ। चालु आवको पुस मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ०.२७ प्रतिशत बिन्दुले घटेर २.७९ प्रतिशत रहेको छ। बाँकी सबै बैंकको खराब कर्जा बढेको छ। बैंकको खराब कर्जा २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ बिन्दुमा रहेको छ।

हिमालयन बैंक, नेपाल बैंक, नबिल बैंक, एनएमबि बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंकको खराब कर्जा निकै बढी रहेको छ। तीन प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा हिमालयन बैंकको ३.७७ प्रतिशत, नेपाल बैंकको ३.११ प्रतिशत, सनराइज बैंकको ३.३६ प्रतिशत, खराब कर्जा रहेको छ।

२ प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा सिभिल बैंकको २.४१ प्रतिशत, ग्लोबल आइएमई बैंकको २.९२ प्रतिशत, प्राइम बैंक २.८१, सिद्धार्थ बैंकको २.८७ प्रतिशत, नबिल बैंकको २.९८ प्रतिशत, एनएमबि बैंकको २.२४ प्रतिशत, सिटिजन्स बैंकको २.९९ प्रतिशत र कृषि विकास बैंकको खराब कर्जा २.७९ प्रतिशत रहेको छ।

सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको ०.७२ प्रतिशतबाट ३.०५ प्रतिशत बिन्दुले बढेर ३.७७ प्रतिशत रहेको छ। कृषि विकास बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ प्रतिशतमा पुगेको छ। यस्तै प्राइम बैंकको खराब कर्जा ०.७८ प्रतिशतबाट २.०३ प्रतिशत बिन्दुले बढेर २.८१ प्रतिशत पुगेको छ।

१ प्रतिशत भन्दा कम खराब कर्जा ५ वटा बैंकको मात्रै रहेको. छ। जसमा स्टयान्डर्ड चार्टर्ड बैंकको ०.७२, एभरेष्ट बैंकको ०.५५, एनआईसी एशिया बैंकको ०.६१, सानिमा बैंकका ०.७७, नेपाल एसबिआई ०.४७ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, माघ ९ २०७९०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend