बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पुँजीबजार सुधारका लागि नेप्सेले देखेको १३ चुनौती, कहिले गर्ने सुधार?

बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने, बजार घट्न थालेपछि अन्य क्षेत्रमा प्रवेश गर्ने चिन्ता

सोमबार, माघ ९ २०७९
पुँजीबजार सुधारका लागि नेप्सेले देखेको १३ चुनौती, कहिले गर्ने सुधार?

काठमाडौं- सेयर बजार सुधारमा धेरै संस्थाहरुले विभिन्न सुझावहरु दिदैका आएका छन्। लगानीकर्ताहरुले पुँजीबजार सुधारको माग राख्दै पटक पटक आन्दोलन समेत गर्दै आएको छन्।

यसैबीचमानेपाल स्टक एक्सचेन्ज नेप्सेले पुँजीबजारमा हाल १३ वटा प्रमुख चुनौतीहरु रहेको उल्लेख गरेको छ। नेप्सेका अध्यक्ष चक्र बहादुर बुढाले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यमान अवस्थामा १३ वटा प्रमुख चुनौती महसुस गरिएको उल्लेख गरेका हुन्। बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने तथा बजार घट्न थालेपछि अन्य क्षेत्रमा प्रवेश गर्ने परम्पराको अन्त्य गर्न आवस्यक रहेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ।

यस्ता छन् १३ चुनौती?

१) बजारको कारोबार परिमाण, अर्थतन्त्रका विभिन्न पक्षहरु, सूचीकृत कम्पनीको आर्थिक तथा व्यवस्थापकीय अवस्था तथा लगानीकर्ताको मनोविज्ञानमा समेत आधारित हुने र सोही अनुसार कारोबार हुने भएकोले कारोबार तथा आयमा सुनिश्चितता ल्याउने चुनौती रहेको।

२) लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुयाउन अनलाइन कारोवार प्रणालीलाई समय सापेक्ष परिवर्तन, परिमार्जन तथा विकास गर्नुपर्ने।

३) बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने तथा बजार घट्न थालेपछि अन्य क्षेत्रमा प्रवेश गर्ने हुँदा लगानीकर्तालाई दिगो रुपमा कायम राखी बजारलाई सुदृढ बनाई विस्तार गर्ने चुनौती रहेको।
 
४) साइबर आक्रमणबाट विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित राख्नुपर्ने।

५) सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरु अनुकुल धितोपत्र बजारको व्यवस्थापन गर्नुपर्ने।

६) सञ्चालनमा ल्याइएको अनलाइन ट्रेडिङ सिस्टमको प्रयोगलाई व्यापक बनाउँदै सर्वसाधारणको तहसम्म पुयाउनु र लगानीकर्तालाई अनलाइन प्रणालीमा अभ्यस्त र आश्वस्त गराउनु पर्ने। 

७) पुँजीबजारसँग सम्बन्धित सबै निकायको कामकारवाहीहरुलाई पूर्ण रुपमा सूचना प्रविधिसँग आवद्ध गरी यान्त्रिकीकरण गर्नु । 

८) पोर्टफोलियो विकासका लागि सरकारी तथा संगठित संस्थाहरुले जारी गरेको ऋणपत्र दोस्रो बजारमा पर्याप्त मात्रामा कारोवार गर्न सक्ने व्यवस्था गर्नु ।

९) बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाई उनीहरुको सक्रिय सहभागिता गराउनु ।

१०)  धितोपत्र बजारको सन्तुलित एवम् प्रभावकारी विकासका लागि वास्तविक क्षेत्रका कम्पनीहरुको उल्लेख एवम् सक्रिय रुपमा बजारमा उपस्थिति गराउनु । 

११) अग्राधिकार सेयर, सरकारी ऋणपत्र र संस्थागत ऋणपत्रको संख्या र कारोवार बढाउनु।

१२) पुँजी बजार सम्बन्धमा लगानीकर्ता र सर्वसाधारणमा चेतना बढाउनु, सदस्य दलाल व्यवसायीहरुको सेवालाई गुणात्मक तथा प्रतिस्पर्धी बनाउनु, स्वदेश तथा विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीलाई पुँजी बजारमा सहभागी गराउन।

१३) पुँजी बजारको विकास र विस्तारका लागि आवश्यक भौतिक पूर्वाधारहरुको निमार्ण गर्नु। 


प्रकाशित : सोमबार, माघ ९ २०७९०३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend