मंगलबार, जेठ १ गते २०८१    
images
images

सुरक्षित हवाई यात्राका लागि हवाई क्षेत्रमा अर्बौं लगानी गरेका छौँ, हामी अन्यत्र डाइभर्ट हुँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत

images
आइतबार, माघ ८ २०७९
images
images
सुरक्षित हवाई यात्राका लागि हवाई क्षेत्रमा अर्बौं लगानी गरेका छौँ, हामी अन्यत्र डाइभर्ट हुँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत
images
images

काठमाडौं- आन्तरिक उडानमा सबैभन्दा धेरै बजार हिस्सा ओगट्न सफल बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सुरक्षित हवाई यात्राका लागि गर्नुपर्ने लगानीमा कुनै कमी नगर्ने प्रतिबद्धता गरेका छन्।

images
images
images

उड्डयन बिजनेसमा सुरक्षाका लागि गरिने लगानी नै सबैभन्दा लाभ हो। 'सुरक्षाका लागि गर्नुपर्ने कुनै पनि विषयमा बुद्ध एयरले कन्ज्युस्याइँ गर्दैन,' बस्नेतले भने, 'हामीले वार्षिक ३ अर्बभन्दा बढी रकम जहाज मर्मत तथा सुरक्षाका उपायहरू अवलम्बन गर्न खर्चिरहेका छौँ। जहाज मर्मतका लागि प्रयोग हुने ह्याङगरमा मात्रै पौने ३ अर्ब रुपैयाँको लगानी भइसकेको छ।' 

images

सन् २०११ को दुर्घटनापछि नै बुद्ध एयरले सुक्ष्म र मिहीन ढंगले अपरेशन, इन्जिनियरिङ, जनशक्ति तथा बजार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त जनशक्ति प्रयोग गरेको उनले बताए। 'सन् २०११ सेप्टम्बर २५ को बुद्धको पहिलो दुर्घटनापछि हामीले सुक्ष्म र मिहीन ढंगले इञ्जिनियरिङ,अपरेशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक तप्कामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान अनुरुपको कार्य एवं प्रणाली अँगालेका छौँ,’ उनले भने।

images
images

बुद्ध एयरले नाफालाई कहिल्यै पनि पहिलो प्राथमिकतामा नराखेको समेत उनको भनाइ छ। बुद्ध एयरले नागरिक उड्डयन क्षेत्रसँग जोडिएको सबै नियामक निकायले तोकेको मापदण्डमा कुनै पनि कमजोरी नगरेको र अबको दिनमा पनि कमजोरी हुन नदिने बस्नेतले बताए।

images
images

आफूहरूले कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिमै वर्षमा १ अर्ब रुपैयाँसम्म खर्च गरेको उनको दाबी छ। तर कुनै कसैको केही गल्तिमा सबैलाई एउटै तराजुमा राख्न नहुने बुद्ध एयरको भनाइ छ। आफूहरूले हवाई क्षेत्रमा अर्बौं लगानी गरेका कारण अन्यत्र अहिले नै डाईभर्ट नहुने समेत बस्नेतको भनाइ छ।

हामी पारदर्शी भएर नै यहाँसम्म आइपुगेका हौँ, यात्रुलाई सबै सूचना दिएका छौँ : वीरेन्द्रबहादुर बस्नेत [अन्तर्वार्ता] हामी पारदर्शी भएर नै यहाँसम्म आइपुगेका हौँ, यात्रुलाई सबै सूचना दिएका छौँ : वीरेन्द्रबहादुर बस्नेत [अन्तर्वार्ता]

 

images

प्रकाशित : आइतबार, माघ ८ २०७९१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend