शनिबार, चैत १८ गते २०७९

बुद्ध एयरले बिक्री गर्‍यो पहिलो उडान गरेको 'बिचक्राफ्ट' जहाज

प्रक्रिया पूरा गरेर क्यानेडियन कम्पनीले लिने

images
images
बुद्ध एयरले बिक्री गर्‍यो पहिलो उडान गरेको 'बिचक्राफ्ट' जहाज

'जहाज पुरानो हुँदैन भने प्रमाण यही हो', एयरले भन्यो, ' हामीले २५ वर्ष उडान गरेको जहाज क्यानेडिएन कम्पनीले पुन: व्यवसायी उडान गर्ने गरी खरिद गरेको छ।'

images
images

काठमाडौ- आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले पहिलो उडान गरेको जहाज बिक्री गरेको छ। 

images
images
images

बुद्ध एयरले आफ्नो पहिलो व्यावसायिक उडान गरेको बिचक्राफ्ट जहाज बिक्री गरेको हो। बुद्धले बिचक्राफ्ट  'बी १९०० डी' जहाजबाट उडान सुरु गरेको थियो। 

उडान सुरु गरेको जहाज बुद्धले २५ वर्षपछि बिक्री गरेको छ। जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले यसलाई बिक्री गर्ने निष्कर्षमा एयरलाइन्स पुगेको हो। 

'जहाज पुरानो हुँदैन भने प्रमाण यही हो', एयरले भन्यो, ' हामीले २५ वर्ष उडान गरेको जहाज क्यानेडिएन कम्पनीले पुन: व्यवसायी उडान गर्ने गरी खरिद गरेको छ।' एयरका अनुसार जहाज कहिले पनि पुरानो हुँदैन तर जहाजलाई उडान योग्ग बनाउन भने समय तालिका अनुसानर मर्मत गरिरहनु पर्ने हुन्छ। 

आन्तरिक उडानको बजारमा प्रतिस्पर्धा तीव्र हुँदा बुद्धले धेरै सिट क्षमताका एटीआर-७२ जहाज थप गर्दै आएको छ। थोरै सिट हुने बिचक्राफ्ट जस्ता जहाजबाट बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने निष्कर्ष कम्पनीको छ। 

beachcraft.jpg

यही कारणले १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बुद्धले बिक्री गर्ने भएको छ। बुद्धले स्थापनाकालमा दुईवटा बिचक्राफ्ट जहाज खरिद गरेको थियो। 

नयाँ खरिद गरिएका यी दुई जहाज बिक्री गरेर क्यानडा पठाउन खोजिएको हो। बुद्धले पहिलो जहाज सन् १९९७ सेप्टेम्बर ३० मा ल्याएको थियो। यो जहाजको नेपाली दर्ता नम्बर 'नाइन एन -एईई' रहेको थियो। त्यस्तै सन् १९९८ मा खरिद गरिएको बिचक्राफ्टको दर्ता नम्बर 'नाइन एन -एईडब्लू' रहेको छ। 

२५ वर्षमा यी जहाजबाट ७५ हजार अवतरण गरिएको थियो। यसबाट लाखौ यात्रुले सेवा लिएका थिए। नियमित र आवश्यक मर्मतले गर्दा यी जहाजले अहिलेसम्म सेवा दिइरहेको र उडान योग्य रहेको बुद्धले जानकारी दिएको छ। 

नेपाली आन्तरिक हवाइ उडानको बजारमा सबैभन्दा ठूलो बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज छन्। एयरलाइन्सले अझै तीनवटा एटीआर-७२ जहाज खरिद गर्ने योजना बनाएको छ। 

beachcrafdt.jpg

images

प्रकाशित : आइतबार, माघ ८ २०७९१२:०५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ