शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

चुनौतीका बीच २०२३ मा एक करोड ६ लाख कार उत्पादन गर्ने टोयोटाको महत्त्वाकांक्षी योजना, कति बनाउला विद्युतीय कार?  

images
images
images
चुनौतीका बीच २०२३ मा एक करोड ६ लाख कार उत्पादन गर्ने टोयोटाको महत्त्वाकांक्षी योजना, कति बनाउला विद्युतीय कार?  

२०२२ को ९७ लाख कार उत्पादनको लक्ष्य पूरा गर्न टोयोटाले जति चुनौती खेपेको थियो २०२३ को १ करोड ६ लाख कार उत्पादनको लक्ष्य त्यो भन्दा कम चुनौतीपूर्ण हुने छैन।

images
images

काठमाडौं- जापानी कार उत्पादक कम्पनी टोयोटा संसारको सबैभन्दा धेरै कार उत्पादन/बिक्री गर्ने कम्पनी हो। टोयोटाले २०२३ अर्थात यो वर्ष एक करोड ६ लाख कार उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको छ। 

images
images
images

कोरोना महामारीका कारण विगत ३ वर्षदेखि संसारभर कारको माग तथा उत्पादन प्रभावित हुँदा बजार नै खुम्चिएको छ। कोरोनापछि सप्लाइचेन प्रभावित हुँदा सबै मालवस्तुको उत्पादन घटेको छ। कयौं वस्तुहरुको माग हुँदासमेत उत्पादन नभएर उपभोक्ताले पाउन सकेका छैनन्। तर टोयोटाले भने आफ्नो कार उत्पादन र बिक्रीको लक्ष्यमा ठूलो फेरबदल गरेको छैन। 

images

यस्तैमा टोयोटाले २०२३ मा २०२२ को भन्दा बढी कार उत्पादन गर्ने बताएको हो। सप्लाइचेनमा देखिएको असहजताकै बीच टोयोटाले लिएको १ करोड ६ लाख कार उत्पादन लक्ष्यलाई धेरैले अस्वभाविक नै बनेका छन्। 

images

सप्लाइचेनको समस्याले कार उत्पादकहरुलाई अझै केही समय वास्तविक रुपमै पिरोल्ने निश्चित छ। चीनमा कोरोनाका कारण लकडाउनमा थप कडाइ गरिएका कारण त्यहाँबाट हुने सप्लाइ थप प्रभावित हुनेछ। त्यस्तै युक्रेन युद्धले पनि विश्वभर सवारीको पार्टपूर्जा सप्लाइलाई असर गरिनै रहेको छ। तर बीएमडब्लू र मर्सिडिजले हालै बताएअनुसार सप्लाइ समस्या सहज भएको दाबी गरेका छन्। यसले भने केही आशा जगाएको सवारी उत्पादकहरुले बताएको हटकारले लेखेको छ। जर्मन कार उत्पादकहरु बीएमडब्लू र मर्सिडिजले २०२२ को अन्तिम क्वाटरमा कार बिक्री बढेको बताएका हुन्। 

images
images

जपान र उत्तर अमेरिमाका अलिबढी केन्द्रित रहेको टोयोटा जर्मन कम्पनीको सो प्रतिक्रियापछि पनि केही उत्साहित देखिएको छ। तर युरोप र बाँकी विश्वको अवस्था भने जटिल नै रहेको छ। अन्यत्र रहेको टोयोटाको उत्पादन प्लान्टमा चिपलगायतको सप्लाइ समस्या पूर्णतः सहज भएको छैन। 

टोयोटाले २०२२ मा ९७ लाख कार उत्पादन गर्ने बताएकोमा त्यो संख्या पूरा हुनेमा संका व्यक्त गरिएको छ। सो वर्ष उत्पादन भएको कारको संख्या सार्वजनिक भने भइसकेको छैन। 

संसारभर वित्तीय क्षेत्र प्रभावित छ। ब्याजदर बढेका कारण उपभोक्तहरुले स्वभासिवक रुपमा गर्ने खरिद समेत घटेको छ। यसको प्रत्यक्ष प्रभाव उद्योगमा पनि परेकै छ। नेपालमा पनि ब्याजदरमा उच्च वृद्धि भएका कारण कारको बिक्री हुन सकेको छैन। सरकारले आयात प्रतिबन्ध गरेर कार नआउने त छँदैछ। तर त्यसपूर्व आएका कारसमेत महँगो ब्याजदर न किन्ने उपभोक्ता भेटिए न लगानी गर्ने बैंक। 

संसारभरकै समस्या भएकाले सवारी उत्पादकहरुले लिने योजना मध्ये टोयोटाको योजना महत्वाकांक्षी देखिएको हो। टोयोटाले अहिलेको अवस्थामा १ करोडसम्म कार बिक्री गर्ने लक्ष्य लिनु स्वभाविक हुने विज्ञहरुको भनाइ छ। विभिन्न समस्याका बावजुत टोयोटाले लिएको लक्ष्य पूरा गर्नु उसका लागि ठूलै चुनौती रहेको छ। 

२०२२ को ९७ लाख कार उत्पादनको लक्ष्य पूरा गर्न टोयोटाले जति चुनौती खेपेको थियो २०२३ को १ करोड ६ लाख कार उत्पादनको लक्ष्य त्यो भन्दा कम चुनौतीपूर्ण हुने छैन। टोयोटाले संसारको धेरै देशमा कार बिक्री गर्दै आएको छ। नेपाली बजारमा पनि टोयोटाका विभिन्न मोडलका कार बिक्री हुँदै आएको छ। 

टोयोटा विद्युतीय कार उत्पादनमा अहिले पनि निक्कै पछाडि रहेको छ। फक्सवागन, बीएमडब्लूलगायत ब्रान्डले विद्युतीय उत्पादनलाई उच्च प्राथमिता दिएका छनु। तर टोयोटाले हालसम्म एउटा मात्र मोडलको विद्युतीय कार बिक्री गर्दै आएको छ। टोयोटाले अन्य केही मोडल सार्वजनिक गर्ने योजना सार्वजनिक गरिसकेको छ। 

यसका बावजुत २०२३ मा टोयोटाले उत्पादन गर्ने कुल सवारीमा विद्युतीय सवारीको हिस्सा ३ देखि ५ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ। विद्युतीय कारको माग र उत्पादन बढ्दै गएकाले टोयोटाले आफूलाई कसरी रुपान्तरित गर्न भन्ने सबैको चासोको विषय बनेको छ। 

images

प्रकाशित : शनिबार, माघ ७ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस