आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

काठमाडौंमा अवतरण हुन नसकेका जहाज किन गौतम बुद्ध विमानस्थल पठाइएन?

images
शुक्रबार, माघ ६ २०७९
images
काठमाडौंमा अवतरण हुन नसकेका जहाज किन गौतम बुद्ध विमानस्थल पठाइएन?

विमानस्थलको भिजिबिलिटी १६ सय मिटर मात्रै रहेको छ। अवतरण हुन नसकेपनि उडान भने भइरहेको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी हुँदा विभिन्न गन्तव्यबाट उडान भरेर आएका जहाजले अवतर गर्न सकेका छैन्।

images
images
images

मलेसियाबाट काठमाडौंका लागि आएको नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने नसकेर कलकत्ता डाइभर्ट भइसकेको छ। अहिले पनि मुम्बईबाट आएको भिस्तार, दिल्लीबाट आएको एयर इन्डिया र दुबईबाट आएको नेपाल एयरलाइन्सका जहाजले अवतण गर्न सकेका छैन्। जहाज अहिले नेपाली आकाशमा फन्को  मारिरहेको छ।

images
images

विमानस्थल टावरका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतणका लागि आवश्यक भिजिबिलिटी छैन। विमानस्थलको भिजिबिलिटी १६ सय मिटर मात्रै रहेको छ। अवतरण हुन नसकेपनि उडान भने भइरहेको छ।

images
images

यसरी काठमाडौं विमानस्थलमा अवतरण हुने नसकेका जहाज किन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा किन अवतरण हुन सकेन्?

यस विषयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्ध गोविन्द दाहाललाई राखिएको जिज्ञासामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भिजिबिलिटी कम भएर नै भारततर्फ डाइभर्ट गरिएको बताए। 

तर कम भिजिबिलिटी भएपनि आईएलएस (उपकरणका सहायतमा उडान तथा अवतरण)  मार्फत उडान तथा अवतरण गरिने भएपनि आईएलएस सञ्चालनमा भारतले अनुमति दिएको छैन्। आईएलएस मार्फत उडान तथा अवतरण गर्दा जहाजले केही भू-भाग भारतको प्रयोग गर्ने पर्छ। तर भारतले अनुमति नदिँदा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरण नै बन्द भएको दाहालले बताए।

अर्को कारण भने महँगो हवाई इन्धन र हवाई रुट समेत रहेको छ।


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend