काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला ७ सय र चाँदी २० रुपैयाँ बढेको हो।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।