काठमाडौं- मलेसियाबाट काठमाडौंका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्ने नसकेपछि कलकता डाइभर्ट भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौं विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिबिलिटी कम हुँदा जहाज कलकता डाइभर्ट गरिएको हो।
बिहानैदेखि कम भिजिबिलिटीका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।