काठमाडौं- काठमाडौंका लागि नेपालगञ्जबाट उडान भरेको श्री एयरको जहाज झापाको भद्रपुर डाइभर्ट भएको छ।
काठमाडौं विमानस्थलमा अवतरणका लागि बिजिबिलिटी कम भएपछि जहाज भद्रपुरमा अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
नेपालगञ्जबाट बिहान ७ बजे उडेको जहाज सवा ९ बजेतिर भद्रपुरमा अवतरण भएको हो। जहाजमा कुनै प्राविधिक समस्या आएर नभइ मौसमका कारण जहाज डाइभर्ट गरिएको हो।