काठमाडौं- नागरिक एपमा भएक सवारी सम्बन्धि कागजात मान्य नहुने भएको छ।
ट्राफिक प्रहरी प्रहरी महाशाखाले सार्वजनिक सूचना जारी गर्दै नागरिक एपमा राखिएका सवाली चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र अमान्य हुने जानकारी गराएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले भौतिक रुपमै कागजात साथमा राख्नुपर्ने र प्रहरी कानून अनुसार मात्र काम गर्ने भएकाले एप्लिकेशनमा भएका कागजात अमान्य हुने प्रष्ट पारेको छ।
प्रहरीको यो सूचनासँगै सवारी चालकले अनिवार्य रुपमा भौतिक कागजात राख्नुपर्ने भएको छ। भर्चुअल कागजतले मान्यता नपाउने भएको छ।
सरकारले कानून संसोधन नगरि नागरिक एपमात्र ल्याउँदा एपमा भएका सुविधा उपयोग गर्नबाट नागरिक बञ्चित भएका छन्।