शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

ओरालो यात्रामा रहेको सेयर बजारको ‘टेको’ कुन अंकमा ? (बिश्लेषण सहित)

images
सोमबार, कात्तिक १ २०७८
images
images
ओरालो यात्रामा रहेको सेयर बजारको ‘टेको’ कुन अंकमा ? (बिश्लेषण सहित)

बैंकको ब्याजदर देखि चाडवाडको दबाबको साथै राष्ट्र बैंकको मौद्रिक नीतिको असरसमेत सेयर बजारमा परेको थियो। बजार घट्दा सानादेखि ठूला लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाइसकेका छन्।  

images
images

काठमाडौं- दसैँपछि खुलेको सेयर बजारले सकारात्मक लय समात्ने आशा लगानीकर्ताले दोस्रो दिनमा पुग्दा टिकाउन सकेनन्। आइतबार केही वाणिज्य बैंकहरूले ब्याजदर घटाएको सूचना सार्वजनिक गरेपछि पहिलो दिन ११ अङ्कले नेप्से परिसूचक बढेको थियो। 

images
images

तर सोमबार अधिकांश वित्तीय संस्थाले निक्षेप संकलनमा हानथाप नै हुनेगरि ब्याजदर बढाएपछि त्यसको सिधा असर सेयर बजारमा परेको छ। ३२ सय भन्दा माथि पुगेको बजार घटेर अहिले २५८७.४५ बिन्दुमा झरेको छ। आइतबारको तुलनामा ६९.५१ बिन्दुले घटेको हो। आइतबारको तुलनामा कारोबार रकम भने बढेर २ अर्ब ९६ करोड पुगेको छ। 

images
images

आज बजारमा चारवटा कम्पनीकोमात्र सेयर मूल्य बढ्दा १८२ कम्पनीको गिरावट आएको छ। 

images
images

बैंकको ब्याजदर देखि चाडवाडको दबाबको साथै राष्ट्र बैंकको मौद्रिक नीतिको असरसमेत सेयर बजारमा परेको थियो। बजार घट्दा सानादेखि ठूला लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाइसकेका छन्।  

तिहार अगाडि बजार सम्हालिने पर्खाइमा बसेका लगानीकर्ता सोमबार झनै निरास बनेका छन्। सेयर बजार अंक मात्रै नभएर कारोबार रकमसमेत बढ्न सकेको छैन। सेयर विश्लेषक विष्णु बस्यालको विचारमा तरलताको अभाव रहेसम्म र मार्जिन ल्यान्डिङको विषय समाधान नभएसम्म बजार सकारात्मक तर्फ जाने नदेखिएको बताउँछन्। ‘मौद्रिक नीतिले ४ करोड र  १२ करोडको बार लगाएको छ, यो सच्चिनु जरुरी छ,’ बस्यालले भने।

बैंकहरुले ब्याजदर पनि बढाउने र यता ब्रोकरले मार्जिन ल्यान्डिङ पनिको व्यवस्था पनि गर्न नसक्ने अवस्था रहेकोले यो सेयर बजार बढ्ने आधार नभएको बस्यालको बुझाइ छ। ‘दसैँ अघि जसरी बजार घटेको थियो, दसैँपछि पनि सोही अनुसार घट्ने देखिएको छ,’ बस्यालले भने। 

सानादेखि ठूला लगानीकर्ताहरू पनि दसैँपछि बजारको अवस्था सुधारिएर लय समात्ने आशमा थिए। यति वेला धमाधम लाभांश घोषण हुँदा बजार स्वभाविक बढ्नुपर्ने देखिन्छ। तर विश्लेषक बस्यालको बुझाइमा प्राविधिक रूपमै बजार घट्ने क्रम रोकिने संकेत नरहेको बताउँछन्। ‘अबको टेको २५६० मा रहेन भने, २४५० सम्म झर्ने देखिएको छ,’ बस्यालले भने। 

nepse 1.PNG

कात्तिक लागेसँगै बजारले विस्तारै गति लिँदै अघि बढ्ने अनुमान धेरैको थियो। नेपाल राष्ट्र बैंकले दसैँअघि नै बैंकहरुलाई ब्याजदर बढाउन नदिने विभिन्न उपायाहरु अपनाएको थियो। ब्याजदर बढ्न नदिने खालका केही निर्देशनहरु पनि दिएको थियो। 

तर त्यसो हुन सकेन। कात्तिक १ देखि लागू हुनेगरि सबै वित्तीय संस्थाले सार्वजनिक ब्याजदरअनुसार धेरैले बढाउन सुरु गरेका छन्। उनीहरुले अहिले निक्षेपमै ११ प्रतिशतभन्दा बढी ब्याजदर राखेका छन्। 

बैंकहरुबीच फेरि मुद्दती निक्षेपमा ब्याजदर बढाउने प्रतिस्पर्धाले झट्ट हेर्दा यसले आम बचतकर्ताका लागि फाइदा गरेजस्तो देखिए पनि यसबाट कर्जाको ब्याज स्वतः बढ्ने हुँदा लगानी बिस्तार रोकिने भइ समग्र अर्थतन्त्र नै खुम्चने भएकाले यसमा केन्द्रीय बैंकको बेलैमा हस्तक्षेपको माग समेत उठेको छ। 

तरलता अभावको कारण देखाउँदै असोज १ देखि ब्याजदर बढाउने होडमा रहेका बैंकहरुको दौड अझै रोकिएको  छैन। नेपाल राष्ट्र बैंकको दबाब, नेपाल बैंकर्स संघको एकल अंकमा ब्याजदर कायम राख्ने समझदारी भएपनि केही वाणिज्य बैंकले फेरि ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन्। एनआइसी एसिया, लक्ष्मी, एनसीसी बैंकले ब्याजदर बढाएका छन् भने अरु बैंकहरुले केही घटाएका छन्।

बैंकको ब्याजदरको सोझै प्रभाव सेयर बजारमा परेको छ। सेयर बजारमा छोटो समयमै ठूलो करेक्सन आइसकेको छ। सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ तुलनात्मकरुपमा निकै सस्तो भयो। जसले गर्दा लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको थियो।  

 

 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०९:०७
  • सम्बन्धित विषय:

  • # share
  • # nepse


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend