आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

वैदेशिक रोजगारीमा जाने बढेसँगै अन्तर्राष्ट्रिय हवाई यात्रु पनि बढे

images
शुक्रबार, माघ ६ २०७९
images
वैदेशिक रोजगारीमा जाने बढेसँगै अन्तर्राष्ट्रिय हवाई यात्रु पनि बढे
फाइल तस्बिर

तर सन् २०२२मा आइपुग्दा पर्यटक संख्या सवा ६ लाख पुगिसकेको छ। यसैगरी कोरानाले शिथिल भएको वैदेशिक रोगजारीको क्षेत्र लयमा फर्किसको छ।

images
images

काठमाडौं- कोराना शिथिल भएको हवाई तथा पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ। विश्व पर्यटनमा सुरु भएको उत्साह नेपालमा पनि देखा पर्ने थालेको छ।

images
images
images

कोरोना सुरु हुन अगाडि सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटको संख्या १२ लाखको हाराहारीमा पुगेको थियो। तर कोरोनाका कारण २०२० र २०२१मा यो संख्याका ठुलो गिरावट आएको थियो।

images
images

तर सन् २०२२मा आइपुग्दा पर्यटक संख्या सवा ६ लाख पुगिसकेको छ। यसैगरी कोरानाले शिथिल भएको वैदेशिक रोगजारीको क्षेत्र लयमा फर्किसको छ।

images
images

आर्थिक वर्ष २०७८/०७९ मै इतिहासकै सबैभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन्। चालु आर्थिक वर्षको ६ महिनामै ३ लाखभन्दा बढी वैदिशक रोजगारीका लागि पुगिसकेका छन्।

जसका कारण नेपालबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रु संख्या बढ्दो छ। तर कोरोना अगाडिको अवस्थामा भने पुगिसकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा ३४ लाख ८८ हजार ३ सय २८ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

यो संख्या २०२१ को भन्दा बढी हो। सन् २०२१ मा १४ लाख ८२ हजार ३ सय ५ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए। यसैगरी २०२० मा ११ लाख ५ हजार १ सय ५९ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए।

कोरोना अगाडि सन् २०१९ मा भने ४१ लाख ३८ हजार ४ सय ८२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए।

सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै २४ हजार ३ सय १२ वटा उडान तथा अवतरण भएको थिए। जसमा १२ हजार १ सय ५४ टेक अफ र १२ हजार १ सय ५८ ल्यान्ड भएका थिए।

२०२२ को कुन महिना कतिले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा?

जनवरी- २ लाख ८ हजार  ४५

फेब्रुअरी- १ लाख ८१ हजार ५ सय ६१

मार्च- २ लाख ५२ हजार ९ सय ६४

अप्रिल- २ लाख ९६ हजार ९ सय ४६

मे- २ लाख ९४ हजार ५ सय ९

जुन- २ लाख ८० हजार २ सय ९१

जुलाई- २ लाख ७५ हजार ६ सय २४

अगष्ट- २ लाख ८१ हजार ६ सय ९६

सेप्टेम्बर- ३ लाख ३९ हजार १ सय ३४

अक्टोबर- ३ लाख ६० हजार ७ सय

नोभेम्बर- ३ लाख ६४ हजार ७ सय २४

डिसेम्बर- ३ लाख ५२ हजार १ सय ३४


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend