शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सायमद्वारा आयोजित अटो ट्रेड डाइलगमा नाडा      

images
बिहीबार , माघ ५ २०७९
images
सायमद्वारा आयोजित अटो ट्रेड डाइलगमा नाडा      

त्यस्तै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एन्ड फोलिसी ट्रेन्डका विषयमा विशेष प्रस्तुती दिएका थिए। 

images
images

काठमाडौं- भारतको इन्डिया एक्सपो मार्ट ग्रेटर नोइडामा २०७९ पस २९ गतेदेखि सुरु भएको १६औं अटो एक्सपो २०२३ माघ ४ गते समापन भएको छ। नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो। नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीमा सहमागी भएका थिए।  

images
images
images

सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन म्यानुफेकचरिङ एशोसिएशनले पहिलो पटक २०७९ पुस ३० गते इन्डिया एक्सपो मार्ट, गे्रटर नोइडामा आयोजना गरेको अटो ट्रेड नाइलगमा नाडाका अध्यक्ष धु्रव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए। त्यस्तै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एन्ड फोलिसी ट्रेन्डका विषयमा विशेष प्रस्तुती दिएका थिए। 

images
images

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड म्यानुफेक्चरिङ एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए। सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्रयाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भीई कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विन्डिगनाभिले गरेका थिए। 

images
images

सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो। 

त्यसैगरी सायमले पुस २८ गते सोहि स्थानमा पहिलो पटक आयोजना गरेको ईभी डिस्कसन कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी थियो। सायमले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कसन कार्यक्रमहरुमा सहभागी भइ आफनो धारणाहरु राख्न आग्रह गरेको थियो। 

यसैक्रममा अटोमोटिभ कम्पोनेन्ट मेनुफेक्चर्स एशोसिएशनले पुस २७ गतेदेखि माघ १ गतेसम्म प्रगति मैदानमा आयोजना गरेको १६औं अटो एक्सपो (कम्पोनेन्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए। यसबाट नाडाको सायम र एक्माबीचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ। स्मरणीय छ नाडाले पनि हरेक वर्षको दशैँ अगाडी भुकृटी मण्डपमा नाडा अटो शो गर्दै आएको छ।


प्रकाशित : बिहीबार , माघ ५ २०७९०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend