आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

एक वर्षमै ४४ लाख ६६ हजारले गरे आन्तरिक हवाई यात्रा, सन् २०२१ को तुलनामा २१ प्रतिशतले बढे यात्रु

images
बुधबार, माघ ४ २०७९
images
एक वर्षमै ४४ लाख ६६ हजारले गरे आन्तरिक हवाई यात्रा, सन् २०२१ को तुलनामा २१ प्रतिशतले बढे यात्रु
images
images

काठमाडौं- आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ रेकर्ड कायम भएको छ। सन् २०२२ मा नेपालकै इतिहासमा सबैभन्दा बढी यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २०२२ मा ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। कार्यालयका अनुसार सन् २०२२ मा १ लाख ८ हजार २ सय २ वटा उडान तथा अवतरण भएको समेत जनाएको छ।

images
images

जुन संख्या सन् २०२१ को भन्दा ९ लाख ५४ हजार ४ सय ३४ ले बढी हो। सन् २०२१ मा ३५ लाख ९ हजार ७ सय १८ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए। सन् २०२१ को तुलनामा सन् २०२२मा आन्तरिक हवाई यात्रुको संख्या २१ प्रतिशतले बढेको हो।

images
images

२०१९ सम्म निरन्तर रुपमा बढीरहेको आन्तरिक हवाई यात्रुको संख्या २०२० मा भने ब्रेक लागेको थियो। २०२० मा कोरोनाका हवाई लामो समयसम्म हवाई उडान नै ठप्प भएको थियो।

२०२० मा जम्ममा १४ लाख ५७ हजार ५ सय ३९ जनाले मात्रै आन्तरिक हवाई यात्रा गरेका थिए। तर २०१९ मा भने आन्तरिक हवाई यात्रु ३१ लाख ८८ हजार ४ सय ७९ पुगेको थियो।

२०२० को महिनागत यात्रु र उडान तथा अवतरण

domestic.JPG


प्रकाशित : बुधबार, माघ ४ २०७९१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend