बिहीबार , वैशाख १३ गते २०८१    
images
images

कोटेश्वर चोकमा फ्लाइओभर वा अण्डरपासको विकल्पबारे जाइका कुर्दै सरकार

images
बिजनेस न्युज
images
images
कोटेश्वर चोकमा फ्लाइओभर वा अण्डरपासको विकल्पबारे जाइका कुर्दै सरकार

जाम घटाउनका लागि सरकारले विभिन्न संरचनाहरू जस्तै, फ्लाइओभर, अण्डरपास, सुरुङमार्ग बनाउने विषयहरूमा अध्ययन अघि बढाएको देखिन्छ। यद्यपि अझै पनि कुन विकल्पमा जाने भन्ने विषय यकिन हुन सकेको छैन। 

images
images

काठमाडौं- काठमाडौंको कोटेश्वर चोकमा अत्याधिक ट्राफिक जाम हुन थालेपछि सरकारले विभिन्न विकल्पहरू अगाडि सारिरहेको छ। त्यसमध्ये तीन वर्ष अगाडि नै सकारले जाम हटाउन भन्दै बजेटमै कोटेश्वरमा सुरुङमार्ग वा फ्लाइओभरको निर्माण गर्ने घोषण गरेको थियो। जसको लागि जापानी सहयोग नियोग (जाइका)ले समेत सहयोग गर्न चासो दिएको थियो। 

images
images
images

अहिलेसम्म पनि कोटेश्वरमा के बनाउने भन्ने टुंगो लाग्न सकेको छैन। तर सरकारले गत वर्षदेखि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण गरेर बाटो फराकिलो बनाउने काम गरिरहेको छ। तर सडक विस्तारले मात्रै जामको स्थाई समाधान नहुने भएपछि पुनः सरकारले फ्लाइओभर वा सुरुङमार्गको विकल्प अगाडि सारेको छ।

images

फ्लाइओभर निर्माणमा विमानस्थल कार्यालयले सुरक्षा खतरा हुने भन्दै सुरुङको विकल्पमा जान सुझाइसकेको छ। तर सडक विभागले भने तीनकुने-कोटेश्वर-जडीबुटीसम्म नै हुने ट्राफिक जामलाई न्यूनीकरण गर्नका लागि कोटेश्वर चोकमा फ्लाइओभर, अण्डरपास  र सुरुङमार्ग जस्ता विकल्पमा अध्ययन गरिसकेको छ।  

images

ती अध्ययनबाट तत्काल कुन संरचना निर्माण गर्ने भन्ने विषय यकिन हुन सकेको छैन। सडक विभागले जडीबुटी-चोकदेखि कोटेश्वर चोक हुँदै चक्रपथसम्म जोड्ने गरी १ लेन सडक विस्तार गर्दैछ। 

images
images

साथै अर्कापट्टि तीनकुने तर्फबाट कोटेश्वर-जडीबुटी सडक खण्डसम्म पुग्ने गरी बायाँतर्फबाट पनि १ लेनको सडक विस्तार गरिने सडक विभागको भनाइ छ। यसमध्ये पहिलो चरणमा दायाँतर्फ १ लेनको सडक विस्तार भने जारी छ। 

विभागले पहिलो चरणमा विस्तार गर्दै आएको कोटेश्वर-जडीबुटी चोकसम्मको दायाँतर्फको थप १ लेनको सडक करिब ३ महिनामा सञ्चालनमा ल्याउने तयारी गरेको विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए।

कोटेश्वर चोकदेखि जडीबुटीसम्म दायाँबायाँ १\१ लेनको सडक निर्माण गरिने उनले जानकारी दिए। अहिले जडीबुटी चोकदेखि चक्रपथतिर आउने सवारीसाधनका लागि १ लेन थपिएको छ। यद्यपि जडीबुटी चोकमा एउटा घर अधिग्रहण हुन नसक्दा र केही पसलहरू व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन समस्या भएको उनको भनाइ छ। 

जाम घटाउनका लागि सरकारले विभिन्न संरचनाहरू जस्तै, फ्लाइओभर, अण्डरपास, सुरुङमार्ग बनाउने विषयहरूमा अध्ययन अघि बढाएको देखिन्छ। यद्यपि अझै पनि कुन विकल्पमा जाने भन्ने विषय यकिन हुन सकेको छैन। 

जाइकाले ४\५ वटा विकल्पमा छलफल सुरु गरेको थियो। उक्त छलफलले पूर्णता पाएको छैन। जसका कारण कोटेश्वर चोकमा बन्ने संरचनाका लागि अहिले ठोस पहल हुन सकेको छैन। 

जाइकाले एक विकल्प दिएपछि सरकारले कोटेश्वर चोकमा फ्लाइओभर, अण्डरपासलगायतका विकल्पमध्ये के निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने समेत प्रवक्ता नेपालले जानकारी दिए। 

images

प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०४:४०
प्रतिक्रिया दिनुहोस