आइतबार, असोज ७ गते २०८०    

आईएमई समूहले दर्ता गर्‍यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी; केबलकार, सडकदेखि हाइड्रोपावरमा लगानी गर्ने

images
आईएमई समूहले दर्ता गर्‍यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी;  केबलकार, सडकदेखि हाइड्रोपावरमा लगानी गर्ने

निर्माण क्षेत्रमा केबलबार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँसम्मको लगानी लक्ष्यसहित कम्पनी उद्योगमा दर्ता भएको छ।

images

काठमाडौं- आईएमई समूहले लगानी विस्तारका लागि नयाँ कम्पनी उद्योग विभागमा दर्ता गरेकाे छ। समूहले केबलकार, सडकदेखि हाइड्रो पावर र उत्पादनमूलक उद्योगमा लगानी गर्ने गरि ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी दर्ता गरेको हो। 

images

आईएमई समूहका अध्यक्ष चन्द्रढकाल तथा उनका भाइ हेमराज ढकालको ५० प्रतिशत र प्रत्यक्ष वैदेशिक लगानीको ५० प्रतिशत हिस्सा रहने गरि नयाँ कम्पनी उद्योगमा दर्ता भएको छ। उक्त इन्भेष्टमेन्ट कम्पनी वान क्यापिटल होल्डिङ्ग्स प्रालिका नाममा उद्योग विभागमा दर्ता भएको छ। 

images

विभागको दर्ता विवरणअनुसार ५० प्रतिशत नेपाली र ५० प्रतिशत विदेशी लगानी रहने उल्लेख छ। जसमा निर्माण क्षेत्रमा केबलकार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँसम्मको लगानी लक्ष्यसहित कम्पनी उद्योगमा दर्ता भएको छ।

images

यसैगरी इनर्जी वेस उद्योग हाइड्रोपावर र सोलार विद्युत उत्पादनमा १ अर्बसम्मको लगानी इन्भेष्टमेन्ट गर्ने लक्ष्यसहित दर्ता भएको छ।

images

यसैगरी उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी गरीने दर्ता विवरणमा उल्लेख छ। यसैगरी ४० जनाले रोजगारी पाउने र १५ केभीए बिजुली खपत हुनेसमेत उल्लेख छ।

आईएमई समूहले अहिले काठमाडौंको चन्द्रागिरीमा केबलबार सहितको परियोजना सञ्चालन गरिरहेको छ भने यसै वर्षभित्र आईएमई समूहले बुटवल र नवलपरासीमा पनि केबलकारसहितको परियोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ।

आईएमई समूहले गैंडाकोट, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको आकर्षक गन्तव्य बनाउने काम अघि बढाइसकेको छ।

आईएमई समूहको हाल नेपालमा बैंक, होटल, केबलकार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ। 

images

प्रकाशित : बुधबार, माघ ४ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ