शनिबार, मंसिर ८ गते २०८१    
images
images

आईएमई समूहले निर्माण गर्ने 'सिक्लेस अन्नपूर्ण केबलकार' उद्योगमा दर्ता, वार्षिक १७ लाख ५२ हजारलाई सेवा दिने लक्ष्य

images
बुधबार, माघ ४ २०७९
images
images
आईएमई समूहले निर्माण गर्ने 'सिक्लेस अन्नपूर्ण केबलकार' उद्योगमा दर्ता, वार्षिक १७ लाख ५२ हजारलाई सेवा दिने लक्ष्य
images
images

काठमाडौं- काठमाडौं चन्द्रागिरीमा केबलकारसहित रिसोर्ट सञ्चालन गरिरहेको आईएमई समूहले कास्कीको सिक्लेसमा सञ्चालन हुने गरी सिक्लेस अन्नपूर्ण केबलकार प्रालि उद्योगमा दर्ता गराएको छ।

images
images
images

केही समयअगाडि मात्रै यसको वातावारणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको थियो। परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको चरणमा नै छ।

images

सोही क्रममा आईएमई समूहले कम्पनी उद्योग विभागमा समेत दर्ता गराएको छ। विभागको दर्ता विवरणमा केबलकार निर्माणमा ४ अर्ब ९२ करोड ५३ लाख ४७ हजार रुपैयाँ लगानी हुने उल्लेख छ।

images

कास्कीको मादी गाउँपालिका वडा नम्बर १ र २ मा निर्माण हुने केबलकारले वार्षिक १७ लाख ५२ हजारलाई सेवा दिने लक्ष्य विभागको विवरणमा उल्लेख छ। उद्योगमा ७५ जनाले रोजगारी पाउने समेत उल्लेख छ। सतप्रतिशत नेपाली लगानी रहने परियोजनले २ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

तर वातावारणीय प्रभाव मूल्यांकन रिपोर्टमा भने परियोजना निर्माणमा ६ अर्ब ९० करोड लगानी हुने उल्लेख छ। यसै वर्षभित्र आईएमई समूहले बुटवल र नवलपरासीमा पनि केबलकारसहितको परियोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ। आईएमई ग्रुपले गैंडाकोट, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको आकर्षक गन्तव्य बनाउने काम अघि बढाइसकेको छ।

सिक्लेसमा केबलबार निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रायसुझाव माग्दै रिपोर्ट सार्वजनिक भइसकेको छ। सिक्लेस अन्नपूर्ण केबलकार आयोजना अन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ र २ मा करिब ६.४१६ किलोमिटर लामो केबलकार निर्माण तथा सञ्चालनको प्रस्ताव गरिएको छ।

प्रस्तावित सिक्लेस-अन्नपूर्ण केबलकारको तल्लो स्टेशन कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा पर्दछ भने बीचको र माथिल्लो स्टेशन सोही गाउँपालिकाको वडा नम्बर २ मा पर्दछ।

यो आयोजनाको माथिल्लो स्टेशन मादी गाउँपालिकाको कोरी डाँडामा रहने छ। जहाँबाट माछापुच्छ्रे, लमजुङ, अन्नपूर्ण, आदि जस्ता हिमालहरूको दृश्यावलोकन गर्न सकिने छ। जैविक विविधताले भरिपूर्ण यो ठाउँबाट नजिकैका हिमश्रृंखला देखिन्छ। साथै यस क्षेत्रमा विविध प्रकारका बनस्पति, हिमाली वन्यजन्तु, चरा, सरीसृप पाइन्छन्।

यहाँ हिमाली भेगमा फुल्ने धेरै खाले फूल र जडीबुटीहरू पाइन्छ। आयोजनाको तल्लो स्टेशन मादी गाउँपालिका वडा नम्बर१ को सिक्लेस गाउँको प्वरयुम भन्ने ठाउँमा रहने छ, जुन साँस्कृतिक सम्पदाले भरिपूर्ण वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। सिक्लेस गाउँ अन्नपूर्ण दोस्रो हिमालको काखमा अवस्थित मनोरम एउटा पर्यटकीय गाउँ हो।

गुरुङहरूको मौलिक संस्कृति तथा परम्परागत चालचलनहरूका लागि महत्वपूर्ण मानिने यस सिक्लेस गाउँ नेपालकै ठूलो गुरुङ गाउँ मध्यको एक गाउँ हो जहाँ धेरै संख्यामा स्वेदशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन्। यस आयोजनाले नेपालमा गुणस्तरीय र दीगो पर्यटन विकासमा थप टेवा आईएमई ग्रुपको भनाइ छ।

प्रस्तावित आयोजना कास्की जिल्लाको मादी गाउँपालिका, वडा नम्बर १ अन्तर्गतको सिक्लेस गाउँको प्वरयुम भन्ने ठाउँमा तल्लो स्टेशन, मादी गाउँपालिका वडा नम्बर २ अन्तर्गतको धर्मशाला नजिकैको तसलमा बीचको स्टेशन र मादी गाउँपालिका अन्तर्गतको कोरी डाँडामा माथिल्लो स्टेशन रहने गरी करिब ६.४१६ किलोमिटर लामो केबलकार र सोसँग सम्बन्धित सहायक संरचनाहरूको निर्माण गरी सञ्चालन गर्ने रिपोर्टमा उल्लेख छ।

केबलबार परियोजनाका अन्य विवरण

केबलकारको प्रकार- मोनोकेबल डिटेचेबल गोन्डोला

लम्बाई- ६.४१६ किलोमिटर

माथिल्लो र तल्ला स्टेशन बीचको भिन्नता- १७८५ मिटर

गोन्डाला संख्या-५०

गोन्डालको मानिसक बोक्ने क्षमता- प्रति गोन्डाला ८ जना

प्रतिदिन क्षमता- ६ हजार अधिकतम

केबलकारको गति- अधिकतम ६ मिटर प्रतिसन्ड

समय अवधि- २५ मिटर

तल्लो स्टेशन र बीचको स्टेशन बीचको उचाई भिन्नता- ७०० मिटर

लक्षित समूह- स्वदेशी तथा विदेशी पर्यटक

टावर संख्या-३० वटा

प्रस्तावित तल्लो स्टेशन टर्मिनल भवन- ८५५ वर्ग मिटर र चौकीदार भवन, स्टाफ क्वाटर, स्टोर भवन २८० मिटर

बीचको स्टेशनमा प्रस्तावित टर्मिनल भवन ११८७ मिटर र स्टाफ भवन, भण्डार गृह, आराम गर्ने हल ६१६ वर्ग मिटर

माथिल्लो स्टेशनमा प्रस्तावित टर्मिनल भवन ५९० मिटर र स्टाफ भवन, भण्डार गृह, आराम गर्ने हल ९५२ मिटर

निर्माण अविध ३.५ वर्ष

सञ्चालन अवधि-३० वर्ष

जमिनको क्षेत्रफल- २७.९९

उर्जा खपत- निर्माण चरण ५०० किलोवाट र सञ्चालन चरणमा २ हजार किलोवाट

आयोजनाको कूल वातावरणीय लागत ३ करोड ४६ लाख रुपैयाँ र प्रभाव न्युनीकरणका लागि १ करोड ६३ लाख, अनुगमनमा १५ लाख, वातावरणीय परीक्षणका लागि २ लाख ५० हजार रुपैयाँ र सामाजिक उत्तरदायित्वका लागि एक करोड ६५ लाख रुपैयाँ लाग्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।


प्रकाशित : बुधबार, माघ ४ २०७९०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend