आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

निजगढ विमानस्थल 'गेमचेन्जर' आयोजना हो, यसको विकल्प छैन : मन्त्री किराँती

'हवाई क्षेत्र थप सुरक्षित बनाउने गरी सबै निकायसँग समन्वय हुन्छ'

images
मंगलबार, माघ ३ २०७९
images
निजगढ विमानस्थल 'गेमचेन्जर' आयोजना हो, यसको विकल्प छैन : मन्त्री किराँती

'म जहाजको ककपिटमा छु। एकैचोटी जहाज उडाउँदैनौँ। सबै चेकजाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ। जातीय, क्षेत्रीय नातागोताले अब काम गर्दैन'

images
images

काठमाडौं- नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निजगढ विमानस्थल निर्माण 'गेमचेन्जर' आयोजना भएकाले यसको निर्माणको विकल्प नभएको बताएका छन्। 

images
images
images

नेपाल वायुसेवा निगममा सुधारको खाँचो रहेको भन्दै उनले भने, 'निगमलाई अब सच्याउनुको विकल्प छैन। निगमको पुनर्संरचनाको विषयमा समेत बहस सुरु गर्नेछौँ। यता निजगढ विमानस्थल गेमचेन्जर आयोजना भएकाले यसलाई अगाडि बढाउनुको विकल्प छैन।'

images
images

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले यस्तो बताएका हुन्। 

images
images

'म जहाजको ककपिटमा छु। एकैचोटी जहाज उडाउँदैनौँ। सबै चेकजाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ। जातीय, क्षेत्रीय नातागोताले अब काम गर्दैन' उनले भने। 

'माघ १ गते मात्रै ठूलो दुर्घटना भएको छ। सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुन्छ। हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँग समन्वय हुन्छ', उनले भने, 'काम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु।'

संस्कृतिलाई प्रकृतिसँग जाेड्ने गरि काम गर्ने बताउँदै उनले भने 'केही ठाउँबाट पाइलट प्राेजेक्टलाई समेत अगाडि बढाउने छौँ। सगरमाथा, पशुपति र लुम्बिनी विश्वमा कसैले फाेटाेकपी गर्न नसक्ने सम्पदा रहेकोले यसको संरक्षण र विकास गर्नेछौँ।'


प्रकाशित : मंगलबार, माघ ३ २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend