बिहीबार , वैशाख १३ गते २०८१    
images
images

महिन्द्राको नयाँ विद्युतीय कार एक्सयूभी ४०० को यस्तो छ रेन्ज र विशेषता 

images
images
images
महिन्द्राको नयाँ विद्युतीय कार एक्सयूभी ४०० को यस्तो छ रेन्ज र विशेषता 

एकपटकको फुल चार्जमा ४ सय ५६ किलोमिटर रेन्जदिने दाबी गरिएको यो कार शून्यदेखि ८० प्रतिशत चार्ज हुन ५० मिनेटरमात्र लाग्नेछ। यो चार्ज हुन ५० केडब्लूको डीसी फास्ट चार्ज आवश्यक पर्छ। 

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक महिन्द्राले विगत लामो समयदेखि विद्युतीय कार उत्पादन गर्दै आएको छ। भारतीय बजारमा महिन्द्राले नयाँ विद्युतीय कार एक्सयूभी ४०० सार्वजनिक गरेको छ। कम्पनीले उक्त विद्युतीय कारको मूल्य १५ लाख ९९ हजार भारु तोकेको छ। 

images
images
images

महिन्द्राले यो कार सेप्टेम्बरमा भारतीय बजारमा सफ्ट लन्च गरेको थियो। भारतीय बजारमा उत्पादन भएको पहिलो विद्युतीय एसयूभी टाटा नेक्सन ईभी म्याक्ससँग प्रतिस्पर्धा गर्ने गरि महिन्द्रा एक्सयूभी ४०० ईभी बजारमा आएको हो।  

images

भारतमा ईभी उत्पादनमा अग्रणी भूमिकामा रहेपनि महिन्द्रले समयको मागअनुसारको विद्युतीय कार बजारमा ल्याउन नसक्दा कम्पनी निक्कै पछाडि परिसकेको छ। टाटा नेक्सन ईभी भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी मोडलका रुपमा स्थापित भइरहेको छ। 

images

अब भने महिन्द्राले धेरै मोडलको कन्सेप्ट सार्वजनिक गरेर आफू ईभी उत्पादनमा आक्रमक बनाउने संकेत गरेको छ। महिन्द्राले एक्सयूभी ४०० पछि केयूभी १०० को ईभी भर्सन ल्याउन तयारीमा कम्पनी रहेको छ। एक्सयूभी ४०० विद्युतीय कार पछि महिन्द्राले शून्य प्रदूषण कारका रुपमा एक्सयूभी ई९ कुपे भर्सनमा ल्याउने जनाएको छ। यो कार २०२५ अप्रिलमा बजारमा आउने छ। महिन्द्राका नयाँ विद्युतीय कार आकर्षक डिजाइन क्लासमा आउने छन्।

images
images

महिन्द्राले ल्याएको एक्सयूभी ४०० अहिले चल्तीमा रहेको आईसी इन्जिनयुक्त एक्सयूभी ३०० मा आधारित रहेर बनेको मोडल हो। कम्पनीले एक्सयूभी ३०० को भन्दा केही ठूलो आकारमा लामो साइजमा एक्सयूभी ४०० आएको छ। 

महिन्द्राको नयाँ विद्युतीय कारमा ‘एक्स १०० प्लेटफर्म’मा आधारित कोरियन कम्पनी एलजी सेमको हाई डेन्सिटी एनएमसी ब्याट्री प्रयोग हुनेछ। एनएमसी ब्याट्री ज्यादा पावर र रेन्जको लागि परिचित छ। त्यसैले एक्सयूभी ४०० ले एक पटकको फुल चार्जमा ४ सय ५६ किलोमिटर रेन्ज दाबी गरिएको छ। 

यो विद्युतीय कारमा एड्रिनक्स कनेक्टिभिटीसहितको सात इन्चको टच स्क्रिन। ओभर-द-एयर अपडेट, मल्टिपल एयरब्याग, सबै पांग्रामा डिसब्रेक, सिंगल प्यानल सनरुफलगायत विशेषत रहेका छन्।  

३९.४ केडब्लूएच ब्याट्री प्याकमा आएको एक्सयूभी ४०० ले १५० एचपी पिक पावर र ३ सय १० एनएम टर्क जेनेरेट गर्नेछ। यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.३ सेकेन्डमा तय गर्नेछ भने अधिकतम गति १ सय ५० किलोमिटर प्रतिघण्टा रहेको छ। एकपटकको फुल चार्जमा ४ सय ५६ किलोमिटर रेन्जदिने दाबी गरिएको यो कार शून्यदेखि ८० प्रतिशत चार्ज हुन ५० मिनेटरमात्र लाग्नेछ। यो चार्ज हुन ५० केडब्लूको डीसी फास्ट चार्ज आवश्यक पर्छ। 

एक्सयूभी ४०० ईसी र ईएल गरि दुई भेरियन्ट र ५ कलर अप्सनमा आएको छ। यो कारले मुख्य गरि नेक्सन ईभी म्याक्स, एमजी जेडएस ईभी, हुन्डाई कोनालगायत विद्युतीय कारसँग प्रतिस्पर्धा गर्नेछ। 

भारतमा बिक्री हुने भएसँगै यो कार महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडले समेत ल्याउने छ। नेपालमा विद्युतीय कारमा कर सहुलियत दिइएकाले आईसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कार निक्कै सस्तो मूल्यमा उपलब्ध हुँदै आएको छ। 

images

प्रकाशित : बुधबार, माघ ४ २०७९०५:४२

प्रतिक्रिया दिनुहोस