शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

भारतलाई पैँचो बिजुली

images
images
भारतलाई पैँचो बिजुली

नेपाललले पैँचोका रुपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् दिएको छ। उक्त बिजुली बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिइएको प्रवक्ता भट्टाराईले जानकारी दिए। 

images
images

काठमाडौं- नेपालमा बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले भारतलाई पैँचोमा बिजुली दिन थालेको छ। अहिले नेपालबाट अफ समयमा ३ सय ५५ मेगावाट विजुली भारततर्फ पैँचोमा दिइएको हो। 

images
images
images

'अहिले नेपाललाई धेरै भएको बिजुली भारतलाई दिएको र सुख्खा यामममा जति अहिले दिएका छौ, भारतले नेपाललाई दिने छ' नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने। 

images

भारतमा कोइलाको अभाव भएपछि थर्मल प्लान्टबाट बिजुली उत्पादन कम हुन थालेपछि नेपालबाट थप बिजुली माग भएको थियो। पैँचोको अवधारणामा बिजुली दिइएको भट्टराईले जानकारी दिए। नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैँचोको रुपमा बिजुली दिएको छ। 

images

नेपाललले पैँचोका रुपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् दिएको छ। उक्त बिजुली बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिइएको प्रवक्ता भट्टाराईले जानकारी दिए। 

images
images

'यो एकदमै नयाँ मोडालिटीमा निर्यात भइरहेको छ। मोडालिटि समेत बनिसकेको छैन, खेर गएपछि दिएका हौ' भट्टराईले भने। नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसममा विद्युत् फिर्ता लिएर आपूर्ति व्यवस्थापन गर्ने समेत उनको भनाई छ।  

अहिले बेलुकी करिब १ हजार ४ सय ४१ मेगावाट बिजुली खपत भइरहेको प्राधिकरणले जनाएको छ। यसमध्ये ५०९ मेगावाट प्राधिकरणका आयोजनाहरूबाट र ३८८ मेगावाट प्राधिकरणकै सहायक कम्पनी चिलिमे र माथिल्लो तामाकोशीबाट भइरहेको छ। 

भारतले नेपाललाई विद्युत् विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्ने गरेको छ। भारतले नेपाललाई विद्युत् विक्री गर्दा प्रतियुनिट भारतीय ६ रुपया लिँदै आएको छ। 

अहिले पैँचो भएकोले पैसाको हिसाव नहुने जति दिएको तेति सुख्खा याममा लिने समेत भट्टराई बताउँछन्। अन्य देशसंय यो व्यवस्था गर्न कनेक्सन नभएकोले भारतसंग मात्रै यो सुरुवात गरिएको समेत उनको भनाई छ। ‘भारत र चीनसंग मात्रै हाम्रो कनेक्सन छ, चीनले नलिने भएकोले भारत तर्फ दिएका हौ,’ भट्टराईले भने।  

images

प्रकाशित : सोमबार, कात्तिक १ २०७८०५:५२

प्रतिक्रिया दिनुहोस