बुधबार, वैशाख १२ गते २०८१    
images
images

२०३० सम्म ५० प्रतिशत विद्युतीय कार बिक्री गर्ने टाटा मोटर्सको यस्तो योजना

नेपालको विद्युतीय सवारी बजारमा पनि पर्नेछ सकारात्मक प्रभाव

images
images
images
२०३० सम्म ५० प्रतिशत विद्युतीय कार बिक्री गर्ने टाटा मोटर्सको यस्तो योजना

टाटा मोटर्सले यो दशकको अन्त्य अर्थात २०३० सम्म पुग्दा आफ्नो सवारी पोर्टफोलियोमा रहेका सवारी मध्ये ५० प्रतिशत विद्युतीय हुने अपेक्षा गरेको छ। हाल टाटा मोटर्स बिक्री गर्ने कुल सवारीको ८ देखि ९ प्रतिशत सवारी विद्युतीय रहेको छ।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले शून्य प्रदूषण सवारी उत्पादनमा आफूलाई अग्रणी भूमिकामा ल्याउने घोषणा मात्र गरेको छैन, त्यहीअनुसारको योजना पनि बनाउँदै गएको छ। यसअघि नै विद्युतीय सवारी उत्पादनमा आक्रामक हुने घोषणा गरेको टाटा मोटर्सले सो कुरालाई पुष्टि गर्नेगरि नोयडामा जारी अटो एक्सपो २०२३ मा विद्युतीय कार र बस/ट्रकका मोडल सार्वजनिक गरेको छ।

images
images
images

टाटा मोटर्सले यो दशकको अन्त्य अर्थात २०३० सम्म पुग्दा आफ्नो सवारी पोर्टफोलियोमा रहेका सवारी मध्ये ५० प्रतिशत विद्युतीय हुने अपेक्षा गरेको छ। हाल टाटा मोटर्स बिक्री गर्ने कुल सवारीको ८ देखि ९ प्रतिशत सवारी विद्युतीय रहेको छ। सवारीको मेनस्ट्रिम बजारबाट जसरी विद्युतीय कारको माग बढी रहेको छ सोहीअनुसार टाटा मोटर्सले आफ्नो योजना र उत्पादन बढाउँदै लगेको छ। 

images

टाटा मोटर्स २०२२ मा ५० हजार विद्युतीय कार बिक्री गर्ने पहिलो कम्पनी बनेको छ। हाल टाटा मोटर्सले नेक्सन ईभी र टियोर ईभी बिक्री गर्दै आएको छ। यी दुई कार बिक्री गर्दा नै भारतीय विद्युतीय कार बजारमा टाटा मोटर्सको हिस्सा करिब ९० प्रतिशत रहेको छ। 

images

आगामी साताबाट टाटाको भारतकै सबैभन्दा सस्तो विद्युतीय कार टियागो ईभी उपभोक्तालाई हस्तान्तरण गर्दैछ। भारतमा यो कारको बुकिङ २० हजारभन्दा धेरै भइसकेको छ। टियागो ईभीको सुरुवाती मूल्य ८ लाख ४९ हजार भारु रहेको छ। टियागो ईभी बुकिङ गरेका एक तिहाइभन्दा बढी पहिलोपटक कार किन्ने उपभोक्ता रहेका छन्। यो कारको धेरै बुकिङ बिहार, मध्यप्रदेश, उत्तर प्रदेश, आन्द्र प्रदेशलगायत राज्यबाट भएको छ। 

images
images

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि टियागो ईभी नेपाल ल्याउने अन्तिम तयारी गरिरहेको छ। अटो एक्सपोमा नेपालबाट गएको सिप्रदीको टोलीसँग नेपालमा टियागो ईभी ल्याउने बारेमा समेत छलफल भएको थियो। ३० लाख रुपैयाँभँन्दा कम मूल्यमा विश्वसनीय ब्रान्डको पाँच सिटर विद्युतीय कार आउने भएसँगै धेरै उपभोक्ताहरू टियागो ईभीको पर्खाइमा छन्।

टियागो ईभी बुकिङ गर्ने मध्ये २८ प्रतिशतले हालसम्म कुनैपनि डिजेल तथा पेट्रोल कार खरिद नगरेको पाइएको टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका मार्केटिङ हेड विवेक श्रीवास्तवले बताएका छन्। भारत सरकारले २०३० सम्म कुल सवारी बिक्रीको ३० प्रतिशत विद्युतीय सवारी हुने प्रक्षेपण गरेकोमा टाटा मोटर्सले उक्त अवधिमा विद्युतीय सवारीको बिक्री करिब ५० प्रतिशत पुग्ने विश्वास गरेर त्यहीअनुसारको योजना बनाएको श्रीवास्तवले बताएका द इकोनोमिक टाइम्सले लेखेको छ। टाटा मोटर्सले निकट भविष्यमै २ वटा नयाँ विद्युतीय कार बिक्रीका लागि ल्याउने बताएको छ। त्यस्तै ५ वर्षको अवधिमा १० वटा विद्युतीय कार सार्वजनिक गर्ने घोषणा यसअघि नै गरिसकेको छ। 

भारतमा विद्युतीय कारको बिक्री उल्लेख्य दरमा बढी रहेको छ। ३ वर्षअघि भारतमा एक वर्षमा ३ हजारवटा मात्र विद्युतीय कार बिक्री भएको थियो। तर यो आर्थिक वर्षभरिमा भारतमा ६० हजार विद्युतीय कार बिक्री हुने अनुमान गरिएको छ। 

टाटा नेक्सनको बिक्री नेपाली बजारमा समेत उल्लेख रुपमा बढेको छ। आईसी इन्जिनयुक्त नेक्सन नेपाली एसयूभी बजारमा दोस्रो स्थानमा पुग्न सफल भएको छ। त्यस्तै अघिल्लो वर्ष सार्वजनिक भएको नेक्सन ईभी नेपाली बजारमा ठूलो संख्यामा बिक्री भइसकेको छ। टाटा मोटर्सका लागि प्यासेन्जर होस् वा कमर्सियल दुवैका लागि राम्रो बजारमा पर्छ। त्यसैले पनि भारतमा टाटाले विद्युतीय सवारीलाई प्राथमिकता दिँदा नेपालमा त्यसको स्वतः सकारात्मक प्रभाव पर्छ नै। 

नेक्सन ईभीको सबैभन्दा राम्रो पक्ष भनेकै अहिलेसम्म भारत तथा नेपालमा यसबारे कुनै नकारात्मक कुरा उठेको पाइँदैन। यसबाट केपनि बुझ्न सकिन्छ भने तोकिएको मूल्यमा नेक्सन ईभीका प्रयोगकर्ताहरू पूर्णतः सन्तुष्ट छन्। नेक्सन ईभीमा उपभोक्ता सन्तुष्ट हुनुमा आईसी इन्जिनयुक्त नेक्सनको ठूलो हात रहेको छ। 

नेक्सनको राम्रो पाटो भनेको यो कारले ग्लोबल एनक्यापमा सेफ्टी रेटिङमा पाएको फाइभ स्टार हो। नेक्सनको सबै सकारात्मम सूचककै कारण टाटा मोटर्सले आफ्नो विद्युतीकरणमा नेक्सन ईभीलाई नै अघि सारेको पाइन्छ। यसका साथै टाटाले ह्यारियरको ईभी, कर्भ ईभी, सियरा ईभी, अल्ट्रोज ईभी, टियागो ईभी बजारमा ल्याउने तयारी गरेको छ। त्यस्तै टाटा मोटर्सले अभेन्या नामक नयाँको ईभी कन्सेप्ट पनि सार्वजनिक गरिसकेको छ। त्यतिमात्र होइन टाटाले बस तथा ट्रक समेत विद्युतीय र हाइड्रोजन फ्युल सेलमा आधारित रहेका उत्पादन गर्नेगरि कन्सेप्ट सार्वजनिक गरिसकेको छ। 

images

प्रकाशित : मंगलबार, माघ ३ २०७९०५:२४

प्रतिक्रिया दिनुहोस