मंगलबार, असोज १ गते २०८१    
images
images

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि प्राधिकरणले भन्यो- एटीआर जहाजमा कुनै समस्या छैन

सबै एटीआरको प्राविधिक परीक्षण सोमबार नै सम्पन्न 

images
सोमबार, माघ २ २०७९
images
images
पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि प्राधिकरणले भन्यो- एटीआर जहाजमा कुनै समस्या छैन

सोही घटनलाई लिएर एटीआर जहाजमै समस्या रहेको भन्दै टिकाटिप्पणी हुनु खेदजनक भएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ।  

images
images

काठमाडौं- पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान भइरहेका एटीआर जहाजमा कुनै पनि समस्या नभएको जनाएको छ।

images
images
images

आइतबार माघ १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान गरेको यती एयरलायन्सको उडान नम्बर ६९१ नेपाली दर्ता नाइन एन-एएनसी एटीआर-७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ सय मिटर पर सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो। सोही घटनलाई लिएर एटीआर जहाजमै समस्या रहेको भन्दै टिकाटिप्पणी हुनु खेदजनक भएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ।  

कुनैपनि वायुयानको नियमित उडान योग्यता को लागि दैनिक गरिने दैनिक परिक्षण पछि मात्रै उडान गरिने केही समयपछि निश्चित अन्तरालमा गरिने सेडुअल परीक्षण जस्ता मर्मत सम्भारका कार्यहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्ड बमोजिम गर्ने गरिएको समेत प्राधिकरणले जनाएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको यति एयरलाईन्सको दुर्घटना पश्चात् यस प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर वायुयानहरुको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भईसकेको समेत प्राधिकरणले जनाएको छ। परीक्षणको क्रममा उपरोक्त वायुयानहरुमा कुनै प्राविधिक त्रुटि फेला नपरेको समेत प्राधिकरणले जनाएको छ। 

images

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा दुर्घटना भएको थियो।

जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। जहाजमा रहेकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।

atr.jpeg

 


प्रकाशित : सोमबार, माघ २ २०७९१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend