काठमाडौं- कात्तिक १ देखि लागू हुनेगरी सबै वित्तीय संस्थाले ब्याजदर सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजमा काडाई गर्न दसैँअघि नै परिपत्र गरेको थियो।
तरलता अभावको कारण देखाउँदै असोज १ देखि ब्याजदर बढाउने होडमा रहेका बैंकहरुको दौड अझै रोकिएको छैन। नेपाल राष्ट्र बैंकको दबाब, नेपाल बैंकर्स संघको एकल अंकमा ब्याजदर कायम राख्ने समझदारी भएपनि केही वाणिज्य बैंकले फेरि ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन्।
एनआइसी एसिया, लक्ष्मी, एनसीसी बैंकले ब्याजदर बढाएका छन् भने अरु बैंकहरुले केही घटाएका छन्।
२४ बाणिज्य बैंकको ब्याजदर सूची कुनको कति ?
नविल बैंकको ६.२६ देखि ९.२६ प्रतिशतसम्म
ग्लोवल आइएमई बैंकको पनि ४.५० देखि ९.५० प्रतिशतसम्म
बैंक अफ काठमाडौंको ६.५७ देखि ९.५७ प्रतिशतसम्म
सिभिल बैंकको ६.५१ देखि १०.११ प्रतिशतसम्म
सेञ्चुरी कमर्सियल बैंकको ६.२५ देखि १०.७५ प्रतिशतसम्म
सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको ७.९२ देखि ९.७६ प्रतिशतसम्म
एभरेष्ट बैंकको ४ देखि ८ प्रतिशतसम्म
हिमालयन बैंक लिमीटेडको ७.६७ देखि १०.५० प्रतिशतसम्म
कुमारी बैंक लिमीटेडको ७.३१ देखि १०.३१ प्रतिशतसम्म
माछापुच्छ्रे बैंक लिमीटेडको ६.२५ देखि ९.८५ प्रतिशतसम्म
मेगा बैंक लिमीटेडको ५.७७ देखि ९.२७ प्रतिशतसम्म
नेपाल बंगलादेश बैंकको ५.२८ देखि १०.२८ प्रतिशतसम्म
लक्ष्मी बैंकको ६.०५ देखि ११.०५ प्रतिशतसम्म
एनसीसी बैंकको ५.५५ देखि १०.५५ प्रतिशतसम्म
प्रभु बैंकको ५ देखि ८.२५ प्रतिशतसम्म
कृषि विकास बैंकको ४ देखि ९ प्रतिशतसम्म
राष्ट्रिय वाणिज्य बैंकको ३.५५ देखि ८.५५ प्रतिशतसम्म
सनिमा बैंकको ३.५१ देखि ८.५१ प्रतिशतसम्म
नेपाल बैंक लिमिटेडको ३.०५ देखि ९.०५ प्रतिशतसम्म
एनएमबी बैंक लिमीटेडको ६.५७ देखि ९.५७ प्रतिशतसम्म
नेपाल एसबीआई बैंकको ४.५६ देखि ९.०६ प्रतिशतसम्म
सिद्धार्थ बैंक लिमीटेडको ५.३ देखि १०.३ प्रतिशतसम्म
एनआईसी एशिया बैंकको ६.१० देखि ११.१० प्रतिशतसम्म
सनराइज बैंककोको ५.०७ देखि १०.०७ प्रतिशतसम्म