बुधबार, वैशाख १२ गते २०८१    
images
images

अर्थतन्त्रमा सुधार देखिएपछि सेयर बजारसँगै घरजग्गा कारोबारमा रौनक, घटेको मूल्य पुनः बढ्न सक्ने

धमाधम कित्ताकाट खुल्दै

images
images
images
अर्थतन्त्रमा सुधार देखिएपछि सेयर बजारसँगै घरजग्गा कारोबारमा रौनक, घटेको मूल्य पुनः बढ्न सक्ने

अर्थतन्त्रमा आएको सुधारले सेयर बजारसँगै घरजग्गा कारोबार समेत सुधारिएको छ। मंसिरसम्म घटेको घरजग्गा कारोबार पुस महिनामा आएर बढेको छ।

images
images

काठमाडौं- अर्थतन्त्रमा आएको सुधारले सेयर बजारसँगै घरजग्गा कारोबार समेत सुधारिएको छ। मंसिरसम्म घटेको घरजग्गा कारोबार पुस महिनामा आएर बढेको छ। कात्तिकको तुलनामा झन्डै दोबरले कारोबार बढेको हो। पुस बढेर ३८ हजार ८७१ पुगेको विभागले कित्ता किनबेच भएको छ। रजिष्ट्रेशन शुल्क १ अर्ब ८० करोड रुपैयाँ शुल्क पनि संकलन भएको छ। 

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना कात्तिकमा २७ हजार ९३९ घरजग्गा किनबेच भएको थियो।  

images

कात्तिकमा रजिष्ट्रेशन शुल्क १ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको थियो। मंसिरमा केही सुधार हुँदै २९ हजार कारोबार भएकोे थियो। मंसिरमा कारोबार संख्यामा सुधार आए पनि राजस्वमा भने सुधार हुन सकेको थिएन।

images

मंसिरमा २९ हजार घरजग्गा किनबेचबाट १ अर्ब ४४ करोड रुपैयाँ मात्रै रजिष्ट्रेशन शुल्क संकलन भएको थियो। पुस महिनाको घरजग्गाको कारोबार पछिल्लो ३ महीनायताकै सर्वाधिक किनबेच हो। 

images
images

अर्थतन्त्रका सूचकमा आएको सुधारले सेयर बजारदेखि घरजग्गा कारोबारमा पनि सकारात्मक प्रभाव पारिरहेको छ। १८ सय बिन्दुमा झरिसकेको सेयर बजार परिसूचक नेप्से अहिले २२०० बिन्दु पुगेर अहिले २१५० बिन्दुमा छ। 

गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको थिएन। ठूला लगानीकर्तालाई बैंकको दबाब भएपछि साना लगानीकर्ताहरू समेत मारमा परेका थिए। जसका कारण काठमाडौंमात्रै होइन विराटनगर, चितवन, नेपालगन्ज, धनगढीलगायत मुख्य सहरहरूमा मन्दी आएको थियो।

सयौँ विगाह जमिनहरू प्लटिङ भएर बिक्री हुन सकेको छैनन। पछिल्लो समय बैंकहरूले धमाधम घरजग्गा लिलामीमा समेत राखेका छन्। व्यवसायीका अनुसार पछिल्लो ९ महिनायता लगातार घरजग्गामा आएको मन्दीले जग्गाको भाउ घटाउँदासमेत बिक्री हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् घरजग्गामा जाने कर्जालाई अनुत्पादकको श्रेणीमा राखेको छ। मौद्रिक नीतिमा काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ। सोही व्यवस्थाका कारण पनि घरजग्गामा जाने कर्जामा कमी आएको छ। 

अर्थतन्त्रको सुधारको असर घरजग्गा कारोबारमा

र्थतन्त्रको बाह्य अवस्था दबाबमुक्त भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बाह्य क्षेत्रका अधिकांश सूचकमा निरन्तर सुधार देखिएको छ। रेमिट्यान्स, शोधनान्तर, चालु खाता घाटाको खाडल न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्षभर दबाबमा रहेको बाह्य क्षेत्रमा यो वर्ष सुधार देखिएको छ। 

साउनदेखि मंसिरसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्रमा सुधार भएको जानकारी गराएको छ। गत वर्षको सुरुदेखि नै घाटामा रहेको शोधनान्तर अवस्था लगतार तेस्रो महिना बचतमा रहेको छ। पहिलो पटक असोजमा १२ अर्बले  बचतमा गएको  शोधनान्तर कात्तिकमा पुग्दा २० अर्ब ३ करोडले बचतमा थियो भने मंसिरसम्म पुग्दा ४५ अर्ब ८७ करोडले बचतमा गएको छ।  गएको छ। गत वर्षको अवधिमा १ खर्ब ९५ अर्बले घटामा थियो। 

यो वर्षको पाँच महिनामा रेमिट्यान्समा पनि उत्साहजनक वृद्धि देखिएको छ। गत वर्षको यही अवधिमा ओरालो लागेकाले यो वर्ष वृद्धिदर उच्च देखिएपनि सकारात्मक लय कायमै राखेको छ। साउनदेखि मंसिरसम्मको अवधिमा नेपाली रुपैयाँमा २३ प्रतिशतले बढेको छ। पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको यही अवधिमा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको थियो। 

विदेशी मुद्रा सञ्चितिमा पनि पछिल्लो समय निरन्तर सुधार देखिएको छ। मंसिरसम्मको तथ्यांक अनुसार ९ अर्ब ८२ करोड अमेरिकी डलर सञ्चिति पुगेको छ। साउनदेखि मंसिरसम्म विदेशी मुद्राको सञ्चिति ३ प्रतिशतले बढेको छ। २०७९ को असारमा कूल सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो। 

चालु खाता घाटाको विस्तार पनि निकै साँघुरिएको छ। राष्ट्र बैंकका अनुसार पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा २ खर्ब  ९८ अर्ब पुगेको थियो।

आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८‍‍‍‍.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। 

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 

स्थानीय तहमा कित्ताकाट खुल्दै

भू-उपयोग कार्यविधि २०७९ कार्यन्वयन गर्न सकस परेपछि स्थानीय तहहरुले कित्ताकाट रोकेका थिए। कृषि क्षेत्र छुट्याएर मात्रै कित्ताकाट गर्नुपर्ने भएपछि देशैभर कित्ताकाट रोकिएको थियो। अहिले सबै स्थानीय तहहरुले कित्ताकाट खुलाउने गरी कार्यविधि धमाधम पास गर्न थालेका छन्। 

काभ्रेपलाञ्चोकमा सोमबार देखि जग्गाको कित्ताकाट खुलेको छ। जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ।

केही समय अगाडि झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलाएको छ। गत महिनादेखि तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलाएको छ। गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो। 

स्थानीय तहले भू-उपयोग कार्यविधि २०७९ पारित गरेर धमाधम कित्ताकाट खुलाउन थालेका छन्। जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालयहरु लागि परेका छन्। जसको प्रभाव विस्तारलै घरजग्गा कारोबारमा पर्ने देखिएको छ। 

images

प्रकाशित : मंगलबार, माघ ३ २०७९०१:५५

प्रतिक्रिया दिनुहोस