बिहीबार , वैशाख १३ गते २०८१    
images
images

यी हुन् अटो एक्सपोमा राखिएका उत्कृष्ट विद्युतीय कार जुन नेपाल आउनेछन्

images
images
images
यी हुन् अटो एक्सपोमा राखिएका उत्कृष्ट विद्युतीय कार जुन नेपाल आउनेछन्

टाटा ह्यारियर ईभी डुअल मोटरसहित अल ह्वील ड्राइभ अप्सनमा आउनेछ। ८० किलोवाट आवर ब्याट्री प्याक हुने ह्यारियर ईभीले ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिनेछ।

images
images

काठमाडौंं- भारतको ग्रेटर नोयडामा जारी अटो एक्सपो २०२३ विद्युतीय सवारीमय छ। विभिन्न कम्पनीका कन्सेप्टदेखि उत्पादित विद्युतीय कारसम्म प्रदर्शनीका लागि राखिएका छन्। भारतमा सार्वजनिक भएका विद्युतीय कारमध्ये सबैजसो नेपाली बजारमा समेत आउँछन्। 

images
images
images

अटो एक्सपोमा भारतीय सवारी उत्पादकहरू टाटा मोटर्स, मारुती सुजुकी, कोरिया कार उत्पादकहरू हुन्डाई र किया, बेलायती ब्रान्ड एमजी, जापानी ब्रान्ड टोयोटालगायत अन्य केही ब्रान्डका विद्युतीय कार तथा कन्सेप्ट प्रदर्शनीमा राखिएका छन्। 

images

संसारभरका सरकारहरूले कुनै न कुनै रुपमा विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न नगद तथा कर सहुलियत दिँदै आइका छन्। त्यसैले पनि विद्युतीय सवारी प्रति उपभोक्ताको चासो बढ्दै गएको छ। भारतको नोयडामा हरेक दुई वर्षमा हुने अटो एक्सपो यो वर्ष भने तीन वर्षमा भएको हो। उक्त एक्सपोमा सहभागी कार उत्पादक कम्पनीहरूले पनि विद्युतीय सवारीलाई नै उच्च प्राथमिकता दिएका छन्। 

images

सहभागी कम्पनीहरूले सार्वजनिक गरेका विद्युतीय कार तथा कन्सेप्टमध्ये उत्कृष्ट कन्सेप्टबारे यहाँ चर्चा गरिएको छ। 

images
images

सुजुकी ईभीएक्स

evxs.png

भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले पहिलो विद्युतीय एसयूभी कम्सेप्ट ईभीएक्स सार्वजनिक गरेको हो। अटो एक्सपो २०२३ मा मारुती सुजुकीे अब विद्युतीय कारको उत्पादनलाई प्राथमिकता दिने नीतिसहित सो कन्सेप्ट सार्वजनिक गरेको हो।  

सुजुकी मोटर कर्पोरेसन जापानले डिजाइन तथा डेभलप गरेको यो कन्सेप्ट कार भविष्यमूखी भएकाले अहिले भएका सबै विद्युतीय कारभन्दा अलग हुने कम्पनीले दाबी गरेको छ। यो कारमा ६० किलोवाट आवर ब्याट्रीप्याकमा उपलब्ध हुने र यसले ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। २०२५ सम्म बजारमा ल्याउने दाबी गरिएको यो कारको विशेषता अत्याधुनिक हुने कम्पनीले जनाएको छ।

एमजी फोर ईभी

myagdiko ruma gaaun.JPG

चिनियाँ कम्पनी एसएआईसीको स्वामित्वमा रहेको बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज)ले पनि अटो एक्सपोमा विभिन्न मोडलका विद्युतीय कार सार्वजनिक गरेको छ। एमजी मोटर इन्डियाले एमजी फोर ईभी एक्सपोमा सोकेस गरेको हो। चीनमा एमजी मुलान र युरोपमा एमजी फोर ईभीकै नाममा सार्वजनिक भइसकेको यो विद्युतीय कार भारतीय बजारमा समेत बिक्रीका लागि आउने छ। 

एमजीले यो कार भारतमै उत्पादन गर्ने तयारी गरेको छ। एमजी फोर ईभी दुई ब्याट्री प्याक ५१ केडब्लूएच र ६४ केडब्लूएचमा उपलब्ध हुने र पावर क्रमशः १७० एचपी र २०३ एचपी हुनेछ। दुवै मोडल सिंगल मोटर र रेयर ह्वील ड्राइभ अप्सनमा आउनेछ। यो कारको रेन्ज ४ सय किलोमिटरभन्दा बढीसम्म हुनेछ। 

हुन्डाई आयोनिक सिक्स

myagdiko ruma gaaun.JPG

कोरियाली कार उत्पादक हुन्डाई मोटरले भारतमा आयोनिक फाइभ तथा आयोनिक सिक्स विद्युतीय कार सार्वजनिक गरेको छ। भारतमा आयोनिक फाइभ बिक्रीका लागि नै सार्वजनिक भएको हो भने आयोनिक सिक्स सोकेस गरिएको हो। 

नेपाली बजारमा एक वर्षभन्दा पहिलेदेखि नै बिक्री हुँदै आएको आयोनिक फाइभ विद्युतीय कार भारतमा अटो एक्सपो २०२३ मात्र सार्वजनिक भएको हो। आयोनिक सिक्स हेर्नका लागि भिजिटरहरूको उल्लेख्य भिड लागेको छ। यो कार पश्चिमा बजारमा केही समयअघि नै सार्वजनिक भएको थियो। 

आयोनिक सिक्स ईभी हुन्डाईको स्केटबोर्ड आर्किटेक्चरमा आधारित ई-जीएमपी सिस्टममा बनेको हो। यो विद्युतीय कार पनि २ ब्याट्री प्याक ५३ केडब्लूएच र ७७ केडब्लूएचमा उपलब्ध हुनेछ। आयानिक फाइभ ईभी पनि यही ब्याट्री प्याकमा उपलब्ध रहेको छ। 

टाटा सियरा ईभी 

myagdiko ruma gaaun.JPG

टाटा मोटर्सले विद्युतीय कार उत्पादनलाई बढावा दिने नीति लिएको छ। सोही कारण कम्पनीले हाल उत्पादनमा रहेको ईभी इन्जिन कारलाई विद्युतीकृत गर्नेदेखि नयाँ कन्सेप्ट विद्युतीय कार सार्वजनिक गरेको छ। 

अटो एक्सपो २०२३ मा टाटाले सियरा ईभी कन्सेप्ट सार्वजनिक गरेको छ। यो कन्सेप्ट भविष्यमुखी विद्युतीय सवारीलाई लक्षित गरिएको देखिन्छ। आकर्षक डिजाइन र अत्याधुनिक विशेषतासहित यो विद्युतीय कार उत्पादन हुने टाटा मोटर्सले जनाएको छ। 

टाटा मोटर्सले यो विद्युतीय कार २०२५ सम्म भारतीय बजारमा बिक्रीका लागि ल्याउने योजना बनाएको छ। सियरा प्लेटफर्ममा टाटाले आईसी इन्जिन र ईभी दुवै अप्सनमा कार उत्पादन हुनेछ। 

टाटा ह्यारियर ईभी

myagdiko ruma gaaun.JPG

टाटा मोटर्सले अटो एक्सपोमा अर्को विद्युतीय कारको अन्सेप्ट समेत सार्वजनिक गरेको छ। आईसी इन्जिनमा उपलब्ध ह्यारियर (नेपालमा एच फाइभ नाममा बिक्री भइरहेको)को समेत विद्युतीय कन्सेप्ट सार्वजनिक गरेको छ। 

उत्पादनका लागि नै तयारी अवस्थामा रहेको जस्तो देखिने ह्यारियर ईभी २०२४ को अन्त्यसम्म वा २०२५ मा भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ। टाटा ह्यारियर ईभी डुअल मोटरसहित अल ह्वील ड्राइभ अप्सनमा आउनेछ। ८० किलोवाट आवर ब्याट्री प्याक हुने ह्यारियर ईभीले ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। त्यस्तै टाटा मोटर्सले अभेन्या र कर्भ ईभी कन्सेप्टसमेत सार्वजनिक गरेको हो। 

किया ईभी नाइन कन्सेप्ट

myagdiko ruma gaaun.JPG

कोरियाली कार उत्पादन कम्पनी किया मोटरले भारतमा पनि किया ईभी नाइन कन्सेप्ट सार्वजनिक गरेको छ। विश्व बजारमा केही महिनाअघि सार्वजनिक भएको यो कम्सेप्ट कार भारतको नोयडामा जारी अटो एक्सपो २०२३ समेत सार्वजनिक गरेको हो। 

निक्कै आकर्षक देखिने यो ईभी नाइन कन्सेप्ट विद्युतीय कारमा ७७.४ केडब्लूएच ब्याट्री प्याकमा उपलब्ध हुने र यसले एकपटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। 

टोयोटा बीजेडफोरएक्स ईभी

myagdiko ruma gaaun.JPG

टोयोटा किर्लोसकर मोटरले अटो एक्सपोमा टोयोटाले उत्पादन गरेको पहिलो विद्युतीय कार बीजेडफोरएक्स ईभी सोकेस गरेको हो। यो विद्युतीय कारले ५ सय ५९ किलोमिटरसम्म रेन्ज दिनेछ। 

विश्व बजारमा बिक्रीका लागि उपलब्ध भइसकेको यो विद्युतीय कार भारतीय बजारमा बिक्रीका लागि कहिले उपलब्ध हुन्छ भन्ने कम्पनीले खुलाएको छैन। यो कार नेपाल ल्याउने प्रयाससमेत भइरहेको छ। बीजेडफोरएक्स विद्युतीय कार उत्पादन गरेर टोयोटा विद्युतीय कार बजारमा प्रवेश गरेको हो।

यसका अलावा माथि उल्लेखित कम्पनीसहित अन्य केही कम्पनीहरूले केही मोडलका विद्युतीय कार तथा कन्सेप्ट सार्वजनिक गरेका छन्। अटो एक्सपोमा सार्वजनिक भएका सबैजसो विद्युतीय कार नेपाली बजारमा आउने छन्। यो संस्करणको एक्सपो २०२३ मा ठूला बस तथा ट्रक, कार र दुई पांग्रे विद्युतीय सवारीको संख्या ठूलो रहेको र उपभोक्ताको ध्यानसमेत त्यतैतर्फ आकर्षित भएको छ। 

images

प्रकाशित : सोमबार, माघ २ २०७९११:३१

प्रतिक्रिया दिनुहोस