आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटना जाँच आयोगलाई बुझाइँदै

images
सोमबार, माघ २ २०७९
images
images
दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटना जाँच आयोगलाई बुझाइँदै

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।

images
images

काठमाडौं- आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले सोमबार बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए। 

images
images
images

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।

images
images

प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। उक्त ब्ल्याक बक्स सोमबार नै काठमाडौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ।

images
images
images

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा दुर्घटना भएको हो। जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। 


प्रकाशित : सोमबार, माघ २ २०७९०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend