आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा जहाज दुर्घटना : सबै शव संकलन भइसकेपछि मात्रै पहिचान थालिने

images
आइतबार, माघ १ २०७९
images
पोखरा जहाज दुर्घटना : सबै शव संकलन भइसकेपछि मात्रै पहिचान थालिने
images
images

काठमाडौं- पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ।

images
images
images

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले जानकारी दिएका छन्। दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ। ३१ वटा शव अस्पताल लगिसकिएको छ।

images
images

कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ।

images
images

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा दुर्घटना भएको हो।

जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। 

जहाजमा रहेकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।


प्रकाशित : आइतबार, माघ १ २०७९११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend