आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा जहाज दुर्घटना : निकालिएका शव गण्डकी अस्पतालमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १ २०७९
images
पोखरा जहाज दुर्घटना : निकालिएका शव गण्डकी अस्पतालमा
images
images

काठमाडौं- पोखराको सेती नदीको खोचमा आइतबार बिहान भएको जहाज दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्।

images
images
images

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। शवहरू अधिकांश पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।

images
images

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन।

images
images


प्रकाशित : आइतबार, माघ १ २०७९०९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend