काठमाडौं-सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
आइतबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटनामा परेको हो।
जहाज बिहान १० बजेर ५१ मिनेटमा दुर्टघनामा परेको हो। जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर रहेका थिए।
जहाजमा रहेकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।