पोखरा- पोखरामा आइतबार बिहान भएको यति एयरलायन्सको जहाज दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ।
उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन्।
पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पुर्याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए।
भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ। रासस