मंगलबार, असोज १ गते २०८१    
images
images

यस्ता छन् नेपालमा सन् २००० यता भएका हवाई दुर्घटना

images
आइतबार, माघ १ २०७९
images
images
यस्ता छन् नेपालमा सन् २००० यता भएका हवाई दुर्घटना
images
images

काठमाडौं- नेपाल हवाई दुर्घटना धेरै हुने मुलुकमध्येमा पर्छ। दुर्घटनाको केहीसमयसम्म हवाई दुर्घटनाको न्यूनीकरणका लागि आवाज उठ्ने गरेको भए पनि विभिन्न कारणहरूले बेलाबखत भयानक दुर्घटनाहरू भइरहेका छन्। 

images
images
images

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा दुर्घटना भयो। जहाजमा चालक दलका चारसहित ७२ जना रहेका थिए।

आइतबारको दुर्घटना नेपालको उड्डयन इतिहासमा पहिलोपटक एटीआर-७२ जहाज दुर्घटनामा परेको हो। 

नेपालमा सन् २००० यता भएका केही हवाई दुर्घटना -

images

२०२२ मे - पोखराबाट जोमसोमका लागि उडेको यती एयरको यात्रुवाहक ट्विनअटर नाइन एन एईटी दुर्घटनामा पर्दा २२ जनाको ज्यान गयो

२०१९ एप्रिल - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको एउटा धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा तीन जनाको ज्यान गयो

२०१९ फेब्रुअरी - एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो

२०१८ सेप्टेम्बर - गोर्खाबाट काठमाडौं आउँदै गरेको एल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको ज्यान गयो

२०१८ मार्च - बंगलादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको ज्यान गयो

२०१६ फेब्रुअरी - पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त, २३ जनाको ज्यान गयो

२०१५ मे - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको ज्यान गयो

२०१५ जुन - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

२०१५ मार्च - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किस एयरको जहाज धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द

२०१४ फेब्रुअरी - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको जहाज अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गयो

२०१२ सेप्टेम्बर - काठमाडौंबाट लुक्ला उडेको सीता एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, जहाजमा रहेका सबै १९ जनाको ज्यान गयो

२०१२ मे - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको ज्यान गयो

२०११ सेप्टेम्बर - हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा जहाज काठमाडौंनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको ज्यान गयो

२०१० डिसेम्बर - लामीडाँडाबाट काठमाडौं उडेको जहाज ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको ज्यान गयो

२०१० अगस्ट - काठमाडौंबाट लुक्लातर्फ उडेको जहाज दुर्घटनामा पर्दा १४ जनाको ज्यान गयो

२००८ अक्टोबर - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला जहाज दुर्घटनामा १८ जनाको ज्यान गयो, एक जना घाइते

२००६ सेप्टेम्बर - सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको ज्यान गयो, ज्यान जानेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केलगायत

२००६ जुन - यती एयरलाइन्सको डिएच-६ ट्विनअटर जहाज जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित ९ जनाले ज्यान गुमाएका थिए।

२००५ जुन - लुक्ला विमानस्थलको धावनमार्गमा गोरखा एयरलाइन्सको डोर्नियर-२२० धस्सिएर दुर्घटना भयो। दुर्घटना कसैको ज्यान नगएपनि चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु घाइते बने।

२००४ अक्टोबर - सीता एयरवेजको डोर्नियर-२२८ जहाज लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त बन्यो।

२००४ मे - काठमाडौंबाट लुक्ला जाने क्रममा यति एयरलायन्सको डिएचसी ६-३०९ डी ट्विनअटर जहाज दुर्घटना भयो। लाम्जुरा पहाडमा खराब मौसमका कारण जहाज ठोक्किँदा चालक दलका तीन सदस्यको ज्यान गयो।

२००२ अगस्ट - संग्रिला एयरको डीएचसी-६ ट्विनअटर जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १८ जनाको ज्यान गयो। 

२००० जुलाई - रोयल नेपाल एयरलाइन्सको डीएचसी-६ ट्विनअटर विमान दुर्घटना भयो। बझाङबाट डडेलधुरा जानेक्रममा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २५ जनाले ज्यान गुमाए।


प्रकाशित : आइतबार, माघ १ २०७९०९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend