आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपालको उड्‍डयन इतिहासमा पहिलो एटीआर-७२ जहाज दुर्घटना

आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना 

images
आइतबार, माघ १ २०७९
images
नेपालको उड्‍डयन इतिहासमा पहिलो एटीआर-७२ जहाज दुर्घटना
images
images

काठमाडौं- नेपालको उड्डयन इतिहासमा पहिलोपटक एटीआर-७२ जहाज दुर्घटनामा परेको छ। पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना आन्तरिक उडानको सबैभन्दा ठूलो दुर्घटना पनि हो।

images
images
images

आइतबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटनामा परेको हो। 

images
images

यसअघि नेकन एयरले पनि एटीआर जहाज सञ्चालन गर्दै आएको थियो। हाल आन्तरिक उडानका लागि बुद्ध र यति एयरलाइन्ससँग मात्रै नेपालमा एटीआर-७२ जहाज छन्। जहाजमा ७२ सिट क्षमता रहेको छ।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले एटीआर-७२ जहाजको पहिलो दुर्घटना भएको बताए। बुद्ध एयरसँग ११ वटा एटीआर-७२ जहाज रहेको छ भने यति एयरलाइन्ससँग ६ वटा जहाज रहेका छन्। 

आइतबार भएको दुर्घटना यती एयरलाइन्सको चौथो दुर्घटना हो। तर, यती एयरलाइन्सको २५ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो दुर्घटना भएको छ।

दुर्घटनामा परेको जहाज नै भर्खरै निर्माण सम्पन्न भएर उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गरेको जहाज हो। यही जहाजमार्फत २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो। 

यती एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण क्रममा सेती नदी खोचमा झरेर दुर्घटनाग्रस्त भएको हो। यो दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछिको पहिलो हो।

जहाज बिहान १० बजेर ५१ मिनेटमा दुर्टघनामा परेको हो। जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर रहेका थिए।

जहाजमा रहेकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।


प्रकाशित : आइतबार, माघ १ २०७९०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend