आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

प्रधानमन्त्री र गृहमन्त्री पुगे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लिए दुर्घटनाको कारणबारे जानकारी

images
आइतबार, माघ १ २०७९
images
प्रधानमन्त्री र गृहमन्त्री पुगे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लिए दुर्घटनाको कारणबारे जानकारी
images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन्। उनीहरूले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन्। 

images
images
images

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए। 

images
images

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन्। प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

images
images

निरीक्षणमा प्रधानमन्त्री र गृहमन्त्रीका साथै सरकारी अधिकारीहरू उपस्थित थिए। 


प्रकाशित : आइतबार, माघ १ २०७९०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend