आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images
पोखरा जहाज दुर्घटना

चरा ठोक्किएर दुर्घटना भएको आशंका, दुर्घटनामा परेकै जहाजले गरेको थियो नयाँ विमानस्थलमा पहिलाे उडान

images
आइतबार, माघ १ २०७९
images
चरा ठोक्किएर दुर्घटना भएको आशंका, दुर्घटनामा परेकै जहाजले गरेको थियो नयाँ विमानस्थलमा पहिलाे उडान
images
images

काठमाडौं- पोखरामा दुर्घटनामा परेको यतीको नाइन एन-एएनसी एटीआर-७२ जहाज चरासँग ठोक्किएर दुर्घटनामा परेको आशंका गरिएको छ। नेपालमा पहिलोपटक एटीआर-७२ जहाज दुर्घटना भएको हो।

images
images
images

यही दुर्घटनामा परेको जहाज नै भर्खरै निर्माण सम्पन्न भएर उद्‍घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गरेको जहाज हो। यही जहाजमार्फत २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो। 

images
images

उक्त जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार बिहान पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो।

images
images

क्याप्टेन कमल केसीले उडाएको जहाज बिहान १० बजेर ५१ मिनेटमा दुर्टघनामा परेको हो। नयाँ विमानस्थलनजिक फोहोरका कारण धेरै चिलहरू उड्ने गरेका छन्। फोहोर व्यवस्थापन गर्ने स्थान अहिले हटाइएको भएपनि चराहरू भने अझै त्यहाँ वरपर हट्न सकेको थिएन। 

जहाज काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको थियो। उडानमा चालक दलका चारजना थिए।

 

 


प्रकाशित : आइतबार, माघ १ २०७९०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend