काठमाडौं- पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा दुर्घटना भएको हो।
जहाज काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको थियो। उडानमा चालक दलका चारजना थिए।
दुर्घटनाको कारण खुलेको छैन। अवतरणका लागि जहाजले अनुमति पाइसकेको थियो। जहाजमा आकाशमै आगो लागेको हो।