काठमाडौं- पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ।
नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो।